• २० वैशाख २०८१, बिहिबार

यू–१९ एसिया कप : बङ्गलादेश च्याम्पियन

blog

काठमाडौँ, पुस १ गते । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । आइतबार भएको फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो । 

जितका लागि बङ्गलादेशले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा सबै विकेटको क्षतिमा ८७ रनमा समेटियो । युएईका लागि ध्रुव परासरले अविजित २५ रन बनाउनुभयो । अक्सत राईले ११ रन जोड्नुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा बङ्गलादेशका मसुफ मिरिधा र रोहनत दुल्लाहा बोरसनले तीन तीस्न विकेट लिनुभयो । इक्वल हुसेन इमोनले र शेख परेज जोविले दुई दुई विकेट लिनुभयो । 

यसअघि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८२ रन बनाएको थियो । बंगलादशेका लागि आशिकुर रहमानले एक सय २९ रनको शतकीय इनिङ खेल्नुभयो । मोहम्मद रिजवानले ६०, अरिफुल इस्लामले ५० र मफुजुर रहमान रबीले २१ रन बनाउनुभयो । 

बलिङमा युएईका आयमान अहमदले चार विकेट लिनुभयो । ओमैद रहमानले दुई तथा आयन खान र ध्रुव परासरले एक एक विकेट लिनुभयो । सेमिफाइनलमा युएईले पाकिस्तानलाई र बङ्गलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । एसिया कपमा समूह  ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।