प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९: १५ बजे सुरु हुने छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको सुखद सुरुवात
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
यु–१९ विश्वकपमा प्रभाव पार्न सक्ने नेपालका खेलाडी
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ ।
अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी
यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको विजयी सुरुवात
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो ।
प्रधानमन्त्री कप : मधेश प्रदेशको विजयी सुरुवात
मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको तयारी पूरा
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सहभागी टोलीले तयारी र खेलाडी छनोट सम्पन्न गरिसकेका छन् ।
क्रिकेट खेलाडी छनोटप्रति बाँकेको असहमति
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
मङ्गल प्रसादलाई किशोर सिंह राठौर यु–१६ क्रिकेट उपाधि
मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।
क्यानको महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको आरोप
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको उक्त पदका प्रतिस्पर्धी नवराज कोइरालाले आरोप लगाउनुभएको छ ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर लामिछाने उच्च अदालत जाने
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने हुनुभएको छ ।
क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गाना
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी
गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो ।
दक्षिण अफ्रिकामा नेपाली यु–१९ टोलीको अन्तिम तयारी सुरु
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।
नेपाली यु–१९ विश्वकप टोली दक्षिण अफ्रिकामा
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली शनिबार दक्षिण अफ्रिका पुगेको छ ।
पीएम कप क्रिकेट पुस २८ देखि
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ ।
टी–२० विश्वकप : नेपालको समूहमा तीन टेस्ट टोली
नेपालको समूहमा नेपाल र नेदरल्यान्ड्सबाहेक सबै टेस्ट टोली छन् । जसमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेको छ । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेल खेल्दै विश्वकपको थालनी गर्नेछ ।
नेपाली क्रिकेट सन् २०२४ भर व्यस्त रहने
क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिता तथा कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी
फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो ।
प्रधानमन्त्री कप : एपीएफ च्याम्पियन
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ११५ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ । एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री कप : एपीएफ र कोशीबिच उपाधि भिडन्त
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री कप : कोशी फाइनलमा
कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।