• ४ जेठ २०८१, शुक्रबार

क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गाना

blog

उत्सव ढुङ्गाना ।

काठमाडौँ, पुस २४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

यसअघि क्यान पदाधिकारीसँग विवाद भएपछि तत्कालीन महाप्रबन्धक वृत्तान्त खनालले राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त महाप्रबन्धक पदका लागि क्यानले सूचनामार्फत खुला आह्वान गरेको थियो । ढुङ्गानाको नियुक्तिको निर्णयलाई क्यान कार्यसमितिबाट पास गर्नुपर्ने हुन्छ ।

महाप्रबन्धकका लागि सुरुमा ६८ जनाको निवेदन परेको थियो । जसमा १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएर सात जनालाई कार्ययोजनासहित अन्तर्वार्तामा सामेल गरिएको थियो ।