• १४ असार २०८१, शुक्रबार

पीएम कप क्रिकेट पुस २८ देखि

blog

काठमाडौँ, पुस २१ गते । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ ।

क्यानले त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल सञ्चालन गर्ने जनाएको छ । यस्तै मूलपानीमा १७ र भैरहवामा ११ खेल हुनेछन् । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोलीको सहभागिता रहनेछ । 

प्रतियोगिताको पहिलो दिन त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीकमा कोशी र मधेश प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । सबै टोलीले राउन्ड रोविन लिगमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ ।

यस प्रतियोगिताको शीर्ष चार टोलीबिच आगामी चैत र वैशाखमा एलिट ट्रफी खेलाउने क्यानले जनाएको छ ।