महिला क्रिकेट टोलीको प्रशिक्षणमा २० खेलाडी
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
यु–१९ एसिया कप : नेपाल जितबिहिन
यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।
नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ ।
नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य
यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।
महिला क्रिकेट टोलीको प्रशिक्षकमा पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ ।
यु–१९ एसिया कप : नेपालको लगातार दोस्रो हार
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भयो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
यु-१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एनपिएल : सफल आयोजनाप्रति क्यानलाई आइसिसीको बधाई
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिनुभएको छ । ।
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ ।
एनपिएल : जहाँ शेर त्यही उपाधि
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
ट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित
टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ।
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई आठ विकेटले हराउँदै उपाधि उचालेको हो ।
सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ ।
एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ ।
एसिसी यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग पराजित
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
टस जितेर लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।
नयाँ च्याम्पियन पाउँदै एनपिएल
एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ ।
एनपिएल फाइनल प्रतिस्पर्धा शनिबार : च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३:३० बजे भिडन्त हुँदैछ ।
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
बागलुङ नगरस्तरीय रनिङ शिल्ड चिल्ड्रेनले जित्यो
बागलुङ नगरपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले जितेको छ । चिल्ड्रेनले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदकसहित राष्ट्रपति शिल्ड जितेको हो ।