• ३ चैत २०८२, मङ्गलबार

जय ट्रफीको फाइनल सुरु

blog

फाइनल खेलअघि ट्रफीसँग दुवै टोलीका कप्तान । तस्बिर : क्यान

काठमाडौँ, चैत ३ गते । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ ।

मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेल बिहीबारसम्म जारी रहनेछ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भईरहेको छ । 

यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय 

हुनेछ । जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।