• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै पुलिस र बागमती प्रदेशका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, पुस २८ गते । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो । 

जितको लागि दुई सय ८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रन बनायो । बागमतीका लागि आशुतोष गररियाले ९२ रन बनाउनुभयो । इशान पाण्डेले ४४, सोनु देवकोटाले १९, विपिन आचार्यले १७, गौतम जिसीले १३ र प्रतिक श्रेष्ठले १० रन बनाउनुभयो । पुलिसका सागर ढकालले तीन विकेट लिनुभयो । करण केसी, रासिद खान, दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा ललित राजवंशीले एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८२ रन बनाएको थियो । पुलिसका लागि सातौँ नम्बरमा आउनु भएकाका राशिद खानले अविजित एक सय ६ रन बनाउनुभयो । आरिफ शेखले ५६ रन जोड्नुभयो । सुनील धमला र अमृत श्रेष्ठले २०/२०, कप्तान दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथाले १३ र करण केसीले १५ रन बनाउनुभयो ।

बलिङमा बागमतीका रिजन ढकाल र सूर्य तामाङले तीन तीन विकेट लिनुभयो । गौतम केसी र सोनु देवकोटाले एक एक विकेट झार्नुभयो । सिद्धार्थनगर भैरहवामा शनिबारनै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ ।