एलपीएल : यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को औँ पाँचौँ दिन बिहीबार सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।
राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट सुरु
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जिल्लास्तरीय राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट बुधबारदेखि सुरु भएको छ ।
एलपीएल : घोडाघोडी र कैलाली विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा बुधबार घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
केपी ओली कप विजेतालाई मधेश प्रदेशको पाँच लाख पुरस्कार
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
बागमतीलाई नेत्रहीन क्रिकेट उपाधि
३२औँ अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट सङ्घ नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेश काठमाडौँले जितेको छ ।
यू–१९ एसिया कप : भारत र पाकिस्तानलाई हराउने दाबी
संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।
एलपीएलमा घोडाघोडी र शुक्लाफाँटा विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा मङ्गलबार घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
नेपाली क्रिकेटलाई प्रबर्द्धन गर्न तयार छौं : महाराष्ट्रका उपमुख्यमन्त्री
भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरका तयार रहेको बताउनुभएको छ ।
टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट
टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिका महादेशीय छनोट अन्तर्गत नामिबियामा बिहीबार भएको खेलमा युगान्डाले रावान्डालाई नौ विकेटले हरायो ।
केपी ओली कप : कोशीको सान्त्वना जित
पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।
केपी ओली कप क्रिकेट : आयोजकमाथि कोशी प्रदेशको जित
पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘नीलो’लाई नौ विकेटले पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशीले नीलोविरुद्ध सान्त्वना जित दर्ज गरेको हो ।
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’
राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ ।
यु–१९ एसिया कप क्रिकेट टोलीको घोषणा
सन् २०२३ को यु–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
नामिबिया टी–२० विश्वकपमा छनोट
नामिबिया सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी छनोट अन्तर्गत घरेलु मैदानमा मङ्गलबार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा स्थान बनाएको हो ।
केपी ओली कप : आर्मीको विजयी सुरुवात
समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
केपी ओली कपको सेमीफाइनलमा बागमती
पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमीफाइनल यात्रा तय गरेको हो ।
केपी ओली कप : बागमतीको विजयी सुरुवात
बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।
दक्षिण अफ्रिका सर्यो नेपालले खेल्ने यू–१९ विश्वकप क्रिकेट
यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो ।
फिफा विश्वकप छनोट : नेपाल यमनसँग पराजित
समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो ।
केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने
पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन
घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
विश्वकप फाइनल : भारतद्वारा अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य
एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा जितमा लागि आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २४० रन बनायो ।