• १२ साउन २०८१, शनिबार

एलपीएल : यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

blog

काठमाडौँ, मङ्सिर २१ गते । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को औँ पाँचौँ दिन बिहीबार सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।

यूथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गरेको छ । बिहीबार भएको पहिलो खेलमा यूथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले हरायो । यूथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । 

यसअघि टस जितेर ब्याटिङ गरेको यूथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । अर्को खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गर्ने क्रममा जेएस स्पोर्ट्स–११ लाई ३ विकेटले हरायो ।

जेएस स्पोर्ट्सले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२।. ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्र्पोर्ट्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन बनाएको थियो ।