• १२ असोज २०८१, शनिबार

बागमतीलाई नेत्रहीन क्रिकेट उपाधि

blog

नेत्रहिन क्रिकेट प्रतियोगिता विजेतालाई पुरस्कार प्रदान गरिँदै ।

काठमाडौँ, मङ्सिर २० गते । ३२औँ अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट सङ्घ नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेश काठमाडौँले जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा टस जितेर पहिले फिल्डिङ्ग रोजेको बागमतीले कास्कीलाई २० ओभरमा नौ विकेटको क्षतमा एक ५४ रनको योगफलमा रोकेको थियो । कास्कीका लागि सुनिल रानामगरले सर्वाधिक ५३ रन बनाउनुभयो । 

बलिङमा बागमतीका किरण चलाउनेले दुई, निश्चल शिवाकोटी, भूपराज पाठक र सुजन श्रेष्ठले एक एक विकेट लिनुभयो । एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १५.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

बागमतीका लागि भूपराज पाठकले सर्वाधिक ४१ रन बनाउनुभयो । भूपराज प्लेयर अफ दि म्याच हुनुभयो । बलिङमा कास्कीका युवराज भण्डारीले दुई विकेट लिनुभयो । उपाधिसँगै बागमतीले ३० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता कास्कीले १५ हजार रुपियाँ पायो । 

मङ्सिर १७ देखि सुरु भएको प्रतियोगितामा कास्की, म्याग्दी, सिन्धुपाल्चोक र बागमती (काठमाडौँ ) को सहभागिता रहेको थियो । विजेतालाई रास्वपाका सांसद हरि ढकाल, नेत्रहीन क्रिकेट सङ्घ नेपालका अध्यक्ष पवन घिमिरे लगायतले पुरस्कार प्रदान गर्नुभयो ।