प्रदेश सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।
महिला क्रिकेटर बन्द प्रशिक्षणमा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा चार राष्ट्रबिच हुने महिला टी-२० शृङ्खलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्रिकेट टिमलाई ५० लाख पुरस्कार
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ ।
ओमानलाई ट्रफी प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ ।
नेपाल सुपर ओभरमा निराश
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबिचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ ।
नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।
श्रीलङ्का क्रिकेटका दोस्रो सबैभन्दा ठूला अधिकारीले दिए राजीनामा
श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।
गुल्शन झाले बनाए अर्धशतक
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।
क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।
विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो ।
विश्वकप टि–२० मा दश वर्षपछि नेपालको पुनरागमन
स्पीनरहरुको सटिक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।
विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल र युएई भिड्दै
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइनलमा नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी माथिल्लो मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेपाली क्रिकेट टोलीलाई एक लाख पुरस्कार दिने कांग्रेस नेता ठाकुरको घोषणा
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए
अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।
अन्तिम ओभरमा ओमानसँग नेपाल स्तब्ध, नेपाल समूह उपविजेता
आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल बिहीबार रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले स्तब्ध भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसोसिएट टिमहरुमा बलियो मानिएको ओमानलाई कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निमन्त्रणा दिनुभएको थियो ।
नेपाललाई जितका लागि १४६ रनको चुनौती
आइसिसी टि २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज (बिहीबार) भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।
गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी
मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
टी-२० विश्वकपमा छनोट भएमा नोबेले १५ लाख दिने
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ठ १५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ ।
मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।
नेपाल र मलेसिया भिड्दै
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।