इङ्गल्यान्डलाई सिरिज उपाधि
न्युजिल्यान्डविरुद्ध चार खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्गल्यान्डले जितेको छ । शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डलाई एक सय रनले हरायो । जितसँगै इङ्गल्यान्डले सिरिज ३–१ ले जितेको हो ।
एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक
आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।
एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
अपी क्रिकेट कार्निभलमा १२ टोली
अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्निभल’ हुने भएको छ ।
भारत एसिया कपको फाइनलमा
भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सुपर चारको खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
एसियाड क्रिकेटको तालिका परिवर्तन
चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पुरुष क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको हो ।
भारतद्वारा पाकिस्तानलाई ३५७ रनको चुनौतीपूर्ण लक्ष्य
एसिसी एसिया कप क्रिकेटको सुपर चारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि तीन सय ५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा २३२ खेलाडी
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ मा खेलाडी दर्ता भएका हुन् ।
टस हारेको भारत पहिले ब्याटिङमा
एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ ।
थाइल्यान्डलाई हराउँदै युएई च्याम्पियन
आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । मलेसियामा शनिबार भएको फाइनलमा युएईले थाइल्यान्डलाई ६ रनले हरायो ।
सन्दीपविरुद्ध मुद्दामा थप कागजात झिकाउन आदेश
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाइ भएन । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पीडित किशोरीको जन्मदर्ता र बसाइँको सम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।
कुशल र सोमपाललाई जनही एक लाख प्रदान
इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिमेटमा भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली क्रिकेटरलाई दुई लाख रुपियाँ प्रदान गरेको छ ।
सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
स्वदेश फर्कियो क्रिकेट टोली
पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र सर्मथकले स्वागत गरेका थिए ।
एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तान र बङ्गलादेश भिड्दै
एसिया कप क्रिकेटको सुपर चार समीकरण पूरा भएसँगै बुधबार (आज) पहिलो सुपर चार खेलमा पाकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
भारतसँग हार्दा पनि नेपालको प्रशंसा
एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस
नेपाल भारतसँग १० विकेटले पराजित
एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
नेपाल र भारतको खेल २३ ओभरको हुने
भारतले डकवर्थ लेविस प्रणालीका आधारमा निर्धारित २३ ओभरमा एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ ।
वर्षाका कारण खेल रोकियो
भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।
नेपालले दियो भारतलाई २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य
एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३० रन बनायो ।
वर्षाका कारण खेल रोकियो
एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।
एसिया कपका खेलाडीलाई पालिका अध्यक्षले नगद पुरस्कार दिने
धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सोमबार भएको नेपाल–भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति पौडेल नेपाल र भारतबीचको एसिया कप खेल हेर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल अवलोकन गर्दै ।