• ६ जेठ २०८१, आइतबार

एसिया कपका खेलाडीलाई पालिका अध्यक्षले नगद पुरस्कार दिने

blog

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा), भदौ १८ गते । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सोमबार भएको नेपाल–भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा पुरस्कार दिने घोषणा गर्नुभएको छ ।  

पालिका कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको तर्फबाट कुनै खेलाडीले अर्धशतक हानेका ५० हजार रुपियाँ, शतक प्रहार गरेमा एक लाख रुपियाँ तथा कुनै बलरले ह्याट्रिक (३) विकेट लिएमा ५० हजार रुपियाँ दिइनेछ । 

सो रकम गाउँपालिका अध्यक्षको व्यक्तिगत तर्फबाट प्रदान गरिने जानकारी दिइएको छ । नेपालीको मानसम्मान र स्वाभिमान बढाउने हुँदा नेपाली खेलाडीलाई प्रोत्साहानस्वरूप सो रकम दिने घोषणा गरेको अध्यक्ष यादवले बताउनुभयो ।