• ६ जेठ २०८१, आइतबार

टस हारेको भारत पहिले ब्याटिङमा

blog

काठमाडौं, भदौ २४ गते । एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्नुभएको हो । समूह चरणमा भने यी दुई टोलीबिचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर चारमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पाकिस्तानले सुपर चारको पहिलो खेलमा बङ्गलादेशलाई सात विकेटले हराएको थियो । भारत पनि सुपर चारमा पाकिस्तानविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा छ । 

भारतका–११ 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, जस्प्रित बुमराह, लोकेश राहुल, हार्दिक पाण्डेय, ईशान किशन, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, मोहम्मद शिराज र कुलदीप यादव ।

पाकिस्तान–११ 

बाबर आजम (कप्तान), फखार जमान, इमाम उल हक, मोहम्मद रिजवान (विकेटकिपर), अघा अलि सलमान, इफ्तिखर अहमद, सादब खान, फहिम अशरफ, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।