• ६ जेठ २०८१, आइतबार

एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तान र बङ्गलादेश भिड्दै

blog

काठमाडौं, भदौ २० गते । एसिया कप क्रिकेटको सुपर चार समीकरण पूरा भएसँगै बुधबार (आज) पहिलो सुपर चार खेलमा पाकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तान र बङ्गलादेशबिचको खेल दिउँसो ३:१५ बजे पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछ । समूह ‘ए’ को विजेता पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । पाकिस्तान र भारतबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपाल र अफगानिस्तान भने समूह चरणबाट बाहिरिएका थिए । समूह ‘बी’ को अन्तिम खेलमा मंगलबार राति अफगानिस्तानमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै श्रीलङ्का सुपर चारमा प्रवेश गरेको थियो । यस समूहबाट समूह विजेता बनेको श्रीलङ्काले समूह ‘ए’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।