• ६ जेठ २०८१, आइतबार

नेपाल र भारतको खेल २३ ओभरको हुने

blog

काठमाडौं, भदौ १८ गते । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल अब २३ ओभरको हुने भएको छ । वर्षाको कारण दुई घण्टा भन्दाबढी समय खेल रोकिएपछि खेल २३ ओभरमा झारिएको हो । अब भारतले डकवर्थ लेविस प्रणालीका आधारमा निर्धारित २३ ओभरमा एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ । 

नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४८.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो ।