आसिफको अर्धशतक
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ ।
एसिया कप : नेपालले एक सय रन पूरा
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।
नेपालले चौथो विकेट गुमायो
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कनुभयो ।
कप्तान रोहित विपक्षी कप्तान रोहितबाट क्याच आउट
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले रवीन्द्र जडेजाको बलिङमा स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिनुभयो । रोहितले आठ बलमा पाँच रन मात्र बनाउन सक्नुभयो ।
नेपालको दोस्रो विकेट आउट : भीम सार्कीले बनाउनुभयो सात रन
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की अफसाइडमा कडा प्रहार गर्ने चक्करमा आउट हुनुभयो ।
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत
एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।
एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल
एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो ।
नेपाल र भारत आज भिड्दै
भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।
भारतसँग गर या मरको अवस्थामा नेपाल
एसिया कप क्रिकेटको दोस्रो खेलमा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाललाई अगाडि बढ्न भारतलाई हराउनै पर्ने बाध्यता छ ।
मैदान छाडेका पारसलाई पदाधिकारीमा एकपछि अर्को सफलता
दुई वर्षअघि क्रिकेट खेलाडीबाट सन्यासको घोषणा गर्नुभएका पारस खड्काले सन्न्यास लिएको बेलामै नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने इच्छा व्यक्त गर्नुभएको थियो ।
भारत पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै
एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच अहिले श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।
भारत र पाकिस्तान भिडन्त आज
एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी चारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३:१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।
बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ ।
यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित
यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो ।
भारतसँग खेल्न नेपाली टोली श्रीलङ्कामा
नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।
नेपाल पाकिस्तानसँग २३८ रनले पराजित
नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ ।
नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य
बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल क्रिकेट हेर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता हेर्दै हुनुहुन्छ ।
पाकिस्तानको तीन विकेट गुम्यो
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट गुमाइसकेको छ ।
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने
एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिनुभएको छ।
नेपाल पाकिस्तानलाई चुनौती दिन तयार
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ ।
नेपाललाई स्तर नाप्ने अवसर
एसिया कप क्रिकेटका उद्घाटन खेलमा बुधबार नेपालले विश्व नम्बर एक प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।