• २४ वैशाख २०८१, सोमबार

एसिया कप क्रिकेट

भारत पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

काठमाडौं, भदौ १६ गते । एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच अहिले श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानले फिल्डिङ गर्ने भएको छ । 

एसिया कपको आयोजक पाकिस्तान भएपनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि भारत र पाकिस्तानको खेल श्रीलङ्कामा हुन लागेको हो । यी दुई टोलीबीच राजनीतिसँगै खेल मैदानमा पनि कडा भिडन्त हुने गर्दछ ।

वरीयतामा विश्व नम्बर एक पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतबीचको यस खेललाई विश्वभरका क्रिकेट प्रेमीले समेत प्रतीक्षा गरेका छन् । बाबर आजमको कप्तानीमा उत्रिन लागेको पाकिस्तानले रोहित शर्माको कप्तानीमा रहेको भारतलाई कडा टक्कर दिने विश्वास गरिएको छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । पाकिस्तान भारतलाई हराएर सुपर चारमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यस्तै पहिलो खेल खेल्न लागेको भारत पनि पाकिस्तानलाई हराएर एसिया कपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । भारत र पाकिस्तान दुवै टोलीका ब्याटिङ र बलिङ सन्तुलित रहेको छ ।

भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तानले आज भारतलाई हराएमा वा कुनै कारण खेल रद्द भएमा सुपर चारमा प्रवेश गर्नेछ ।  पराजित भएमा पाकिस्तानको अगाडिको यात्रा नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।

एसिया कपमा ५० ओभरको खेलमा भारत र पाकिस्तानबीच अहिलेसम्म १३ खेल भएको छ । जसमा भारतले ७ र पाकिस्तानले ५ खेल जितेको छ ।एसिया कपको १५ संस्करणमा भारतले सर्वाधिक सात पटक उपाधि जितेको छ । श्रीलङ्का ६ र पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ ।  एजेन्सी 

पाकिस्तानी टोली 

बाबर आजम (कप्तान), फखार जमान, इमाम उल हक, मोहम्मद रिजवान ९विकेटकिपर०, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतीय टोली

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पाण्डेय, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव ।