काठमाडौँ, असार २९ गते । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा दुई स्वर्ण र दुई काँस्य पदक जितेको छ ।
दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जानकारी दिनुभयो ।
यस्तै आशिष धामी र जमानसिंह गुरुङले कांस्य जित्नुभयो । जमान कोरियामै बस्दै आउनुभएको छ । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।