काठमाडौँ, असार २९ गते । एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले नगदसहित सम्मान गरेको छ ।
एन्जल्स हार्टबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आइतबार आयोजित कार्यक्रममा जोय सम्मानित हुनुभएको हो । जोय पनि एसइइ उत्तीर्ण हुनुभएको छ ।
मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसियाविरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुरविरुद्ध २४ रन बनाउनुभएको थियो ।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले एक कार्यक्रमबिच सम्मान गर्नुभयो ।