• १४ जेठ २०८१, सोमबार

नेपालको तेस्रो विकेट आउट

कप्तान रोहित विपक्षी कप्तान रोहितबाट क्याच आउट

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले रवीन्द्र जडेजाको बलिङमा स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिनुभयो । रोहितले आठ बलमा पाँच रन मात्र बनाउन सक्नुभयो ।

यसअघि, जडेजाले नै भीम सार्कीलाई सात रनमा आउट गर्नुभएको थियो । अहिले नेपाल तीन विकेटको क्षतिमा ९३ रनको स्थितमा छ । ओपनर आसिफ शेख ४० रन बनाएर खेल्दै हुनुहुन्छ । कुशल मल्ल ब्याटिङका लागि क्रिजमा आउनुभएको छ ।