• २७ वैशाख २०८१, बिहिबार

एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।

टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकाएको छ । पहिलो पावर प्लेको अन्तिम ओभरमा कुशल भुर्तेल आउट हुनुभयो । उहाँ शार्दुल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट हुनुभएको हो । भुर्तेलले २५ बलमा ३८ रनको विस्फोटक पालिखेल्नु भयो । उहाँको पालिमा तीन चौका र दुई छक्का सामेल थियो । अर्का ओपनर चार चौकासहित २३ रन बनाएर क्रिजमा टिकिरहनु भएको छ ।

नेपालका दुवै ब्याट्सम्यानले भारतीय टिमको खराब फिल्डिङको भरपुर फाइदा उठाएका हुन् । मोहम्मद सामीको पहिलो ओभरमा अन्तिम बलमा भुर्तुलको क्याच पहिलो स्लीपमा श्रेयर एयरले छोड्नुभयो । दोस्रो ओभरको पहिलो बलमा आसिफ शेखलाई विराट कोहलीले जीवनदान दिनुभयो । सो समय मोहम्मद सिराज अभागी बलर हुनुहुन्थ्यो । यसैगरी, पाँचौँ ओभरमा भुर्तेललाई भारतीय विकेटकिपर इशान किशनले जीवन दान दिनुभयो ।

भाग्यको साथ पाएको नेपालका दुवै ब्याट्सम्यानले त्यसपछि आक्रमण ब्याटिङ गर्दै पहिलो पावर प्ले नेपालको नाममा पारेका थिए ।

यो पनि पढ्नुहोस

एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल