दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र वेस्ट इन्डिज दुई फरक परिस्थितिबिच आइतबार एकअर्कासँग खेल्दै छ । समूह ‘सी’ मा वेस्ट इन्डिज सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल दुवै खेलमा हारेर पुछारमा छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको भने छैन । नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ । यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव अहिले नेपाली क्रिकेट टिम र समर्थकले गरिरहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । पछिल्ला ११ मध्ये १० टी–२० खेल जितेकाले इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारका रूपमा लिइएको थियो ।
नेपालले आइतबार क्रिकेटको जननी इङ्ग्ल्यान्डसँग खेलेर विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।
क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।
पूजा महतोको अविजित अर्धशतक पालिको सहयोगमा नेपालले शनिबार जिम्बाब्वेलाई छ विकेटले हराएर आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो, जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गर्दथ्यो ।
नेपालको सर्वोच्च क्रिकेट संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ को सुरुवात भएलगत्तै वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले पछिल्ला तीन वर्षदेखि वार्षिक क्यालेन्डर बनाउने मात्र होइन ती कार्यक्रमलाई कार्यान्वयन पनि गरेर क्रिकेटलाई अगाडि बढाइरहेको छ । नेपालका प्रायः खेलकुद सङ्घले यस्तो परिपाटीअगाडि नबढाएको र क्यालेन्डर बनाए पनि कार्यान्वयन नगर्ने स्थितिबिच क्यानको यो कार्यलाई सराहनीय मान्नु पर्छ ।
सन् २०२५ इतिहासको गर्भमा लुकिसकेको छ । विश्व खेलकुदमा केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र उत्साहका साथ सन् २०२६ प्रारम्भ भएको छ । पछिल्लो वर्ष ओलम्पिक, विश्वकप फुटबल, विश्वकप क्रिकेट, एसियाली खेलकुद जस्ता विश्व खेलकुदका महाकुम्भ मानिने कुनै प्रतियोगिता भएनन् । यद्यपि गत वर्ष त्यस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, घटना भए जुन विश्व खेलकुदमा सम्झनलायक रहे । तीमध्ये नेपालमा पछ्याइने प्रमुख अन्तर्राष्ट्रिय खेल गतिविधिको सङ्क्षिप्त चर्चा गरिएको छ ।
घरेलु महिला फुटबल च्याम्पियन एपिएफ नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि विजेता बन्ने दाउमा छ । जुन गौरव हासिल गर्न एपिएफले शनिबार भारतको इस्ट बङ्गालको चुनौती पन्छाउनुपर्ने छ । एपिएफ र इस्ट बङ्गालबिच दशरथ रङ्गशालामा शनिबार साँझ ५ बजे साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्त हुँदै छ । पाँच टिम सहभागी प्रतियोगिता इस्ट बङ्गाल समूह विजेता र एपिएफ समूह उपविजेता बनेर फाइनलमा पुगेका हुन् । दुवै टिम अपराजित छन् । लिग चरणमा इस्ट बङ्गालले चारमध्ये तीन खेलमा जित र एक बराबरीको नतिजा हासिल गरेको थियो । एपिएफले दुई जित र दुई बराबरीमा खेलेको थियो । लिग चरणको अन्तिम खेलमा यी दुई टिमले गोलरहित बराबरीमा खेले ।
एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ ।
प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतकीय पालिले प्रेरित सुदूरपश्चिम रोयल्स मङ्गलबार विराटनगर किङ्ग्सलाई ७७ रनले हराएर दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सबभन्दा प्रतिक्षित खेल बनेको थियो । ठुला स्टार खेलाडी मात्र होइन, पछिल्ला खेलमा देखाएको प्रदर्शनले यी दुई टिम चर्चामा थिए ।
टी–२० क्रिकेटको यस्तो संरचना हो, जसमा दर्शक चौका, छक्कासहित रनको वर्षा भएको हेर्न चाहन्छन् । त्यसैले ब्याट्सम्यान पहिलो बलबाट नै रन बनाउन आतुर हुन्छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालमा मङ्गलबार भएका दुवै खेलमा दर्शकले सही अर्थमा टी–२० को मज्जा लिन पाए ।