आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दै छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने छ ।
आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ ।
नेपाल बिहीबार सउदी अरबलाई एकपक्षीय खेलमा ३०१ रनले हराएर एसिसी यु–१९ प्रिमियर कपको समिफाइनलमा पुगेको छ ।
कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा रहेको छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
उत्कृष्ट व्यापारिक केन्द्र घोषित चीनको होङजाउले एसियाली खेलकुदलाई प्रतिष्ठाको विषय बनाएको थियो । कोरोना महामारीले एक वर्ष ढिला सुरु भएपछि होङजाउले तयारीका लागि थप एक वर्ष समय पनि पायो । त्यसैले होङजाउ एसियाडमा रौनकताको कुनै कमी भएन । होङजाउ एसियाडलाई एक सफल आयोजना मानिएको छ । नेपालको सन्दर्भमा पनि होङजाउ सहभागिता सम्झनलायक बन्यो । हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले
विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप व्रिmकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।
इन्द्रजात्राको अवसरमा काठमाडौँमा रहेका पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित बिहीबार ‘हेरिटेज वाक’ (सम्पदा पदयात्रा) आयोजना भएको छ ।
एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।
भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।
नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो। पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने भएको छ ।
ज्ञानेन्द्र मल्लको सन्न्याससँगै नेपाली क्रिकेटको एक युग समाप्त भएको छ । पछिल्ला १८ वर्ष ज्ञानेन्द्रले कप्तान, उपकप्तान र एक खेलाडीका रूपमा नेपाली क्रिकेटको सेवा गर्नुभयो । यद्यपि गत हप्ता अकस्मात सन्न्यास लिएपछि अब ज्ञानेन्द्रलाई कुनै पनि संरचनाको अन्तर्राष्ट्रिय क्रिकेटमा देख्न पाइने छैन ।
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ, विश्वमा करोडौँ मानिसले नियमित रूपमा चेस खेल्छन् रे । चेस सजिलै खेल्न सकिने खेल हो । घर घर, स्कुल स्कुल अझ जहाँ पनि खेल्न सकिन्छ । मात्र एउटा बोर्ड, गोटी र खेल्ने व्यक्ति भए पुगिहाल्यो । अहिले त अनलाइन चेस खेल्नेहरूको जमात पनि लाखौँमा छ । चेस खेल्यो भने मानसिक र बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । त्यसैले पनि चेस खेल्नेको सङ्ख्या बढी भएको हुनु पर्छ । त्यसैले विश्वमा चेस खेल लोकप्रिय छ । चेसका खेलाडीहरूले राम्रो कमाइ पनि गर्छ तर नेपालमा यो खेल व्यावसायिक बन्न सकेको छैन । यो खेल नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्तो लोकप्रिय पनि छैन । त्यसैले त
विश्वकप महिला फुटबल गत बिहीबार सुरु भएको छ । सो विश्वकपमा उत्कृष्ट ३२ टिमले सहभागिता जनाउँदै छन् । विश्वकप फुटबलको चर्चा गर्दा नेपालको सहभागिता असम्भव लाग्छ तर महिला विश्वकप फुटबलमा भने नेपालको सहभागिता यथार्थपरक लाग्छ । नेपाली महिला फुटबल टिमले एक दशकभित्र विश्वकप खेल्ने लक्ष्य पनि बनाएको छ, जुन लक्ष्य पूरा हुने छाँटकाँट पनि देखिन्छ । विश्वकप महिला फुटबलमा अहिले एसियाका दुई राष्ट्र भियतनाम र फिलिपिन्स पनि सहभागी छन् । नेपालले हालै यी दुवै टिमलाई कडा टक्कर दिएकाले पनि आशावादी बन्न सकिएको हो । पाँच महिना मात्र भयो नेपालले भियतनामसँग महिला ओलम्पिक फुटबल एसि