ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ । ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ ।
ओलम्पिकको उत्साह आठ वर्षपछि फर्केको छ । कोरोनाका कारण अघिल्लो संस्करणको उद्घाटन खल्लो भएकोलाई विस्मृतिमा ठेल्दै फ्रान्सको राजधानी पेरिसले शुक्रबार राति ३३ औँ ओलम्पिकको भव्य उद्घाटन गरी सोही सन्देश दियो ।
इङ्ग्ल्यान्डको फुटबल टिम ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने दाउमा छ । इङ्ग्ल्यान्डले आइतबार राति स्पेनविरुद्ध युरो च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त गर्दै छ । स्पेन भने कीर्तिमान चौथो
विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन ।
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ ।
क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ; जुन एक महिना नभई निको हुने छाँट देखिँदैन । यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठ चयन गर्न २९ दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । त्यसपछि असार १५ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ ।
एसियाली खेलकुद र विश्वकप टी–२० क्रिकेटमा नेपालको चयन भएकाले नेपाली खेलकुदका लागि २०८० साल महत्वपूर्ण रह्यो । नेपालले यो वर्ष क्रिकेट, कराँते, महिला कबड्डी र महिला फुटबलमा सफलताको कथा बुन्यो । यस वर्ष अन्य खेलकुद गतिविधि पनि उत्तिकै सम्पन्न भए । विगत हुन थालेको २०८० सालभरि नेपाली खेलकुदमा सम्झनलायक केही उपलब्धि, घटना भएका छन् ।
एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता रहने भएको छ । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार एसियाली क्रिकेट काउन्सिल (एसिसी) को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो । सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलिएको हो । तर सन् २०२० मा कारोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।
नेपालमा हुने सबैजसो पौडी प्रतियोगितामा अहिले एक जुम्ल्याहा दिदीबहिनी प्रायः देखिने गर्दछ, देवाण्षी र आध्यश्री जोशी । जुम्ल्याहाबिच खेल भयो भने कस्तो होला । छुट्याउनै गाह्रो होला होइन त । प्रायः जुम्ल्याहालाई छुट्याउन कठिन हुन्छ नि त तर देवाण्षी र आध्यश्रीको हकमा त्यस्तो छैन । यी दुई हरेक कुरामा फरक छिन् । एक काली, अर्की गोरी छिन् । देवाण्षी सबैसँग बोलिरहने, मनमा जे आयो त्यही बोल्ने, धेरै जिस्किने खालकी छिन् । त्यसैले देवाण्षीका साथी पनि धेरै छन् । आध्यश्री कम तर मिलाएर बोल्छिन् । देवाण्षी दुई मिनेटले कान्छी छिन् तर शारीरिक रूपमा दुईमध्ये देवाण्षी बलियो छिन् ।
नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।
विश्वस्तरीय खेलकुदमा क्रिकेटले नेपाललाई धेरै खुसी दिएको छ । यस मामिलामा नेपालको यु–१९ क्रिकेट टिम पनि पछाडि छैन । एक समय टेस्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा नेपालको छवि अजय टिमको थियो । त्यसबेला नेपालले चार पटक लगातार एसिसी कपको उपाधि जितेको थियो । विगतमा नेपाल यु–१९ विश्वकपमा टेस्ट राष्ट्रलाई स्तब्ध पार्ने ‘जायन्ट किलर’ नै थियो । सन् २००० मा केन्या, सन् २००२ मा पाकिस्तान र बङ्गलादेश, सन् २००४ मा दक्षिण अफ्रिकालाई हराएको नेपालले सन् २००६ को संस्करणमा त आयरल्यान्डसाथै दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता टेस्ट खेल्ने राष्ट्रको युवा टिमलाई धरापमा पारेको इतिहास छ ।
सुरम्या शाक्य अहिले ११ वर्षकी छिन् । सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा पढ्छिन् । उनी टेबलटेनिस खेलाडी हुन् । सानो उमेरमै सुरम्याले टेबलटेनिसमा धेरै पदक जितिसकेकी छन् । हरेक बालबालिकामा केही न केही प्रतिभा हुन्छ । अभिभावकले समयमै आफ्ना केटाकेटीको प्रतिभा किटान गर्न सक्नु पर्छ । उनीहरूको झुकाव केमा बढी छ । खेलकुदमा छ भने कुन खेल उसका लागि उपयुक्त हुन्छ, त्यो थाहा पाउनु पर्छ । यही कुरालाई मनन गर्दै बुवा सुमन शाक्यले आफ्नी छोरी सुरम्यालाई प्रशिक्षणको व्यवस्था गरेरै टेबलटे
क्रिकेटको अनुसरण गर्दै नेपाली फुटबलमा दुई वर्षअघि फ्रेन्चाई फुटबल लिग सुरु भयो, नेपाल सुपर लिग (एनएसएल) । सन् २०२१ मा पहिलो पटक भएको एनएसएल नितान्त नयाँ प्रयोग थियो । अझ त्यसबेला कोरोनाका कारण खाली रङ्गशालामा एनएसएल खेलाइएको थियो । यद्यपि दर्शकबिना पनि एनएसएलको चर्चा व्यापक बन्यो । फ्रेन्चाई (टिम मालिक) को मोडेल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, टेलिभिजन प्रसारण अधिकारको बिक्री अनि सहभागी टोलीहरूले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु आदि विशेषताले एनएसएलले नेपाली फुटबलमा भिन्नै स्वाद दिएको थियो ।
मार्सल आर्ट्स त्यसमा पनि तेक्वान्दो नेपालमा प्रशिक्षण लिएर सबभन्दा बढी खेलिने खेल हो । देशभरि मार्सल आर्ट्स डोजाङको सङ्ख्या गन्ने हो भने हजारौँ पुग्छ । जसबाट हाम्रो देशमा यो खेलको लोकप्रियता थाहा हुन्छ । सन् २००७ मा जन्मिएका आयुषले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेलिसकेका छन् । अहिले नै आयुषको घरमा रहेको सङ्ग्रहमा थुप्रै ट्रफी, पदक छन् ।