एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।
भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।
नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो। पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने भएको छ ।
ज्ञानेन्द्र मल्लको सन्न्याससँगै नेपाली क्रिकेटको एक युग समाप्त भएको छ । पछिल्ला १८ वर्ष ज्ञानेन्द्रले कप्तान, उपकप्तान र एक खेलाडीका रूपमा नेपाली क्रिकेटको सेवा गर्नुभयो । यद्यपि गत हप्ता अकस्मात सन्न्यास लिएपछि अब ज्ञानेन्द्रलाई कुनै पनि संरचनाको अन्तर्राष्ट्रिय क्रिकेटमा देख्न पाइने छैन ।
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ, विश्वमा करोडौँ मानिसले नियमित रूपमा चेस खेल्छन् रे । चेस सजिलै खेल्न सकिने खेल हो । घर घर, स्कुल स्कुल अझ जहाँ पनि खेल्न सकिन्छ । मात्र एउटा बोर्ड, गोटी र खेल्ने व्यक्ति भए पुगिहाल्यो । अहिले त अनलाइन चेस खेल्नेहरूको जमात पनि लाखौँमा छ । चेस खेल्यो भने मानसिक र बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । त्यसैले पनि चेस खेल्नेको सङ्ख्या बढी भएको हुनु पर्छ । त्यसैले विश्वमा चेस खेल लोकप्रिय छ । चेसका खेलाडीहरूले राम्रो कमाइ पनि गर्छ तर नेपालमा यो खेल व्यावसायिक बन्न सकेको छैन । यो खेल नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्तो लोकप्रिय पनि छैन । त्यसैले त
विश्वकप महिला फुटबल गत बिहीबार सुरु भएको छ । सो विश्वकपमा उत्कृष्ट ३२ टिमले सहभागिता जनाउँदै छन् । विश्वकप फुटबलको चर्चा गर्दा नेपालको सहभागिता असम्भव लाग्छ तर महिला विश्वकप फुटबलमा भने नेपालको सहभागिता यथार्थपरक लाग्छ । नेपाली महिला फुटबल टिमले एक दशकभित्र विश्वकप खेल्ने लक्ष्य पनि बनाएको छ, जुन लक्ष्य पूरा हुने छाँटकाँट पनि देखिन्छ । विश्वकप महिला फुटबलमा अहिले एसियाका दुई राष्ट्र भियतनाम र फिलिपिन्स पनि सहभागी छन् । नेपालले हालै यी दुवै टिमलाई कडा टक्कर दिएकाले पनि आशावादी बन्न सकिएको हो । पाँच महिना मात्र भयो नेपालले भियतनामसँग महिला ओलम्पिक फुटबल एसि
साफ च्याम्पियन्सीप २०२३ मा नेपालको चुनौती समाप्त भइसकेको छ । यद्यपि समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्धको खेल नेपालका लागि विभिन्न अर्थमा महत्त्वपूर्ण हुनेछ ।
साफ च्याम्पियन्सिप २०२३ मा नेपाल शनिबार भारतसँग २–० ले हारेर समूह चरणबाट बिदा भएको छ । पछिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँग हारेर उपविजेतामा सीमित बनेको थियो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हारले नेपालको सेमिफाइनल प्रवेशको ढोका बन्द भयो । नेपाल उद्घाटन खेलमा कुवेतसँग पनि पराजित भएको थियो । अब नेपाल र पाकिस्तानबिच मङ्गलबार खेलिने खेल प्रतिष्ठाका लागि मात्र हुने छ । पकिस्तान पनि सुरुका दुई खेल हारेर प्रतियोगिताबाट बिदा भइसकेको छ । समूह ‘ए’ बाट कुवेत र भारत सेमिफाइनलमा पुगेका छन् ।
साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतसँगको खेलमा हार्ने छुट छैन। पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको छ। अझै दुई खेल बाँकी रहेकाले नेपालको शीर्ष दुई स्थान हासिल गरेर अन्तिम चारमा पुग्ने सम्भावना भने सकिएको छैन तर सो सम्भावना कायम राख्न भारतविरुद्ध कम्तीमा बराबरीमा खेल्नुपर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ। यस प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ।
साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल बुधबार कुवेतसँग ३–१ ले पराजित भएको छ । यस जितसँगै कुवेतको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालले भने अन्तिम चारको सम्भावना कायम राख्न शनिबार भारत र मङ्गलबार पाकिस्तानविरुद्ध अनुकूल नतिजा निकाल्नुपर्ने छ । कुवेत आमन्त्रित टिमका रूपमा साफ च्याम्पियनसिपमा सहभागी भएको हो । कुवेतबाहेक दक्षिण एसिया बाहिरको लेबनानले पनि यस प्रतियोगितामा खेल्दै छ ।
नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।
नेपालका सेन्टर ब्याक अनन्त तामाङले बुधबार साफ च्याम्पियनसिप २०२३ मा कुवेतविरुद्ध खेलेर ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुङ्गा छुनुभएको छ ।
साफ च्याम्पियनसिप नेपाली फुटबलको स्तर जाँच्ने प्रतियोगिता मानिन्छ । त्यसैले साफ च्याम्पियनसिप हुँदा नेपाली फुटबल टिमबारे अनेक चर्चा परिचर्चा हुने गर्दछ ।
सहिद स्मारक ‘ए’ डिभिजन जस्तो घरेलु शीर्ष लिग जित्न कुनै पनि क्लबलाई लामो पर्खाइ र धैर्य आवश्यक हुन्छ । ठूलो अप्ठ्यारो सामना गर्नु पर्छ । किनभने लिग फुटबल उपाधि जित्नु भनेको चानचुने कुरा होइन । लिग फुटबल लामो समय चल्ने गर्छ । सबैले सबै टिमविरुद्ध प्रतिस्पर्धा गर्नु पर्छ । अझ यस पालि सहिद स्मारक ‘ए’ डिभिजन लिग दोहोरो संरचनामा भयो । त्यसैले यस पटकको लिग अझ कठिन थियो तर चर्च ब्वाइज युनाइटेड अपवाद बन्यो । चर्च ब्वाइजले देशको सबभन्दा ठूलो लिग फुटबल प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्न एक वर्ष पनि कुर्नु परेन । चर्च ब्वाइज अकस्मात् नेपाली फुटबलमा