काठमाडौँ, जेठ २२ गते । दस हप्ता, ७४ खेलपछि विश्वको सबभन्दा प्रतिष्ठित फ्रेन्चाई क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ ।
रोयल च्यालेन्जर्स बेङ्गलुरुले मङ्गलबार राति फाइनलमा पन्जाब किङ्ग्सलाई छ रनले हराएर आफ्नो १८ वर्षदेखिको च्याम्पियन बन्ने पर्खाइलाई साकार बनायो । एक लाख ३२ हजार दर्शक उपस्थित नरेन्द्र मोदी व्रिmकेट रङ्गशालामा जितपछि विराट कोहलीले आफ्नो आँसु थाम्न सक्नुभएन । सामाजिक सञ्जालमा ३० करोडभन्दा बढी अनुयायी भएका कोहली सन् २००८ को सुरुवातदेखि बेङ्गलुरुमा आबद्ध हुनुहुन्छ । क्रिकेटका सबै जसो उपाधि जितिसक्नुभएका कोहलीलाई आइपिएल जित्न भने १८ वर्ष लाग्यो । त्यसैले पनि जित प्राप्त हुनासाथ कोहली निकै भावुक बन्नुभयो । उहाँ मैदानमै घुँडा टेकेर रुनुभयो । सायद आइपिएल टी–२० फाइनलमै ध्यानकेन्द्रित गर्न कोहलीले हालै टेस्ट क्रिकेटबाट सन्न्यास पनि लिनुभएको थियो ।
१८ वर्षदेखि यही फ्रेन्चाईमा बफादार भएर बसेको छु । यो क्षण आउँछ भनेर सोच्न पनि छोडिसकेको थिएँ– ३६ वर्षीय कोहलीले जितपछि भन्नुभयो । कोहली फाइनलमा आफ्नो स्वाभाविक लयमा भने देखिनुभएन । यद्यपि उहाँले फाइनलमा आफ्नो टिमका लागि कोहलीले सर्वाधिक ४३ रन बनाउनुभएको थियो । पन्जाबका लागि अर्सदीप सिंह र काइल जेमिसनले तीन/तीन विकेट लिएपछि पहिले ब्याटिङ गरेको बेङ्गलुरुले नौ विकेटको क्षतिमा १९० रन बनाएको थियो । ब्याटिङ पिचमा यो स्कोरलाई औसत मानिएको थियो तर स्पिनर क्रुनाल पाण्ड्याले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिएपछि पन्जाब दबाबमा प¥यो । पन्जाबले जवाफमा सात विकेटको क्षतिमा १८४ रन मात्र बनायो ।
बेङ्गलुरु यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो । दोस्रो पटक फाइनल खेलेको पन्जाबको उपाधि पर्खाइ अझ लम्बिएको छ ।
युद्धले रोकिएको आइपिएल
यसपालिको आइपिएलमा बाधा नआएको होइन । निर्धारित तालिका अनुसार फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा खेलिने तय भएको थियो तर भारत र पाकिस्तानबिचको सीमापार तनावका कारण युद्ध हुँदा लिग एक हप्ता रोकियो । विगतमा चुनाव र कोभिड महामारीले आइपिएल दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्समा सारिएको थियो । युद्धविरामपछि नयाँ तालिका बनाएर छ सहरमा मात्र खेल खेलाइयो ।
यसले खेलाडीको तालिकामा भने असर प¥यो । तनाव सुरु भएपछि विदेशी खेलाडी तथा खेलाडीका परिवार सुरक्षार्थ तत्काल आफ्नो देश फर्किएका थिए । प्रतियोगिताको समय लम्बिँदा विशेषतः प्लेअफमा पुगेका टिमका विदेशी खेलाडीको तालिकामा असर प¥यो । यस्तो अवस्थामा भारतको क्रिकेट कन्ट्रोल बोर्डले छोटो अवधिका लागि फर्किन नसकेका खेलाडीको स्थानमा अन्य खेलाडीलाई स्थनापन्न गर्न अनुमति दिएको थियो । श्रीलङ्काका कुल मेन्डिस प्लेअफ खेल्न मात्र गुजरात टाइटन्समा अनुबन्ध हुनुभएको थियो ।
रनको वर्षा
१८ औँ आइपएिल प्रदर्शन र रोमान्चको हिसाबले अवस्मरणीय बन्यो । यस सत्रमा आइपिएलका १३ फरक क्रिकेट रङ्गशालामा खेलिएका ७४ खेलमा ५२ पटक दुई सय अथवा सोभन्दा बढीको स्कोर बनेको थियो । गत सत्रमा ४१ पालिमा दुई सय स्कोर वा सोभन्न्दा बढी स्कोर बनेको थियो । यसपालि नौ पटक दुई सयभन्दा बढीको स्कोर पछ्याउँदा आइपिएलको स्तर अझ माथि पुग्यो । पछिल्लो सत्रको उपविजेता सनराइजर्स हैदरवादले आफ्नो पहिलो खेलमै राजस्थान रोयल्सविरुद्ध छ विकेटको क्षतिमा २८६ रन पाएपछि एक्कासि आइपिएलको ‘हाइप’ बढेको थियो । हैदराबादले पन्जाबले दिएको २४६ रनको लक्ष्य पनि पछ्याएर अर्को कीर्तिमान बनायो ।
आइपिएलका उत्कृष्ट
फाइनलमा क्रुणाल पाण्ड्या ‘म्यान अफ दी म्याच’ बन्नुभयो । यसै गरी मुम्बई इन्डियन्सका सूर्यकुमार यादव आइपिएलका भ्यालुयबल प्लेयर घोषित हुनुभयो । गुजराजका ब्याट्सम्यान साइ सुदर्शन इमर्जिङ प्लेअर बन्नुभयो । उहाँले प्रतियोतिगामा सबभन्दा बढी चौका प्रहार गर्नुभएको थियो । उहाँले सबभन्दा बढी रन कर्ता (७५९ रन) बनेर ओरेन्ज क्याप पनि हािसल गर्नुभयो । । गुजरातका तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले सबभन्दा बढी २५ विकेट लिएर पर्पल क्याप जित्नुभयो ।
राजस्थानका १४ वर्षीय ब्याट्सम्यान वैभव सूर्यवंशी सर्वाधिक स्ट्राइकर रेटमा ब्याटिङ गरेर सुपर स्ट्राइकर बन्नुभयो । लखनउ सुपर जायन्ट्सका निकोलस पुरनले सर्वाधिक छक्का प्रहार गर्नुभयो । गुजरातका तीव्र गतिका बलर मोहम्मद सिराजले सबभन्दा बढी डट बल फाल्नुभयो । कामिन्डु मेन्डिसले बाउन्ड्रीमा लिएको क्याचलाई क्याच अफ दी सिजन मानियो । तालिकाको पुछारमा रहेको चेन्नई सुपर किङ्ग्सले फेयर प्लेको अवार्ड हात पा¥यो ।