• ७ जेठ २०८१, सोमबार

एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १८ गते । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो । 

नेपाल र भारतविरुद्धको खेल श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपाल भारतलाई जित्नैपर्ने दबाबमा  छ । भारतसँग पराजित भएमा नेपालको यस पटकको एसिया कपको यात्रा समाप्त हुने भएकाले नेपाललाई जित्नैपर्ने दबाब छ ।