• ६ जेठ २०८१, आइतबार

आसिफको अर्धशतक

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ ।

उहाँले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गनुभयो । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाउनुभएको हो ।

आसिफ नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाइसकेका ब्याट्सम्यान हुनुहुन्छ ।