• ११ मंसिर २०८१, मङ्गलबार

नेपालको दोस्रो विकेट आउट : भीम सार्कीले बनाउनुभयो सात रन

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की अफसाइडमा कडा प्रहार गर्ने चक्करमा आउट हुनुभयो । भीमले १७ बलमा ७ रन बनाउनुभयो । उहाँलाई स्पीनर रवीन्द्र जडेजाले आउट गर्नुभएको हो । भीम आउट भएपछि नेपालको स्कोर १६ ओभर सकिँदा दुई विकेटको क्षतिमा ७७ रन भएको छ ।

अहिले ओपनर आसिफ शेख ५४ बलमा चार चौकासहित २८ रन बनाएर नेपालकाे पालि अगाडि बढाउँदै हुनुहुन्छ । कप्तान रोहित पौडेल अहिले क्रिजमा आउनुभएको छ । यसअघि कुशल भर्तुेल २५ बलमा ३८ रन बनाएर आउट हुनुभएको थियो ।