• १७ असार २०८१, सोमबार

एसिया कप : नेपालले एक सय रन पूरा

blog

काठमाडौं, भदौ १८ गते । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउँदै एक सय रन कटाएको हो ।

नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रूपमा भीम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए ।

अहिले क्रिजमा सुरुआती ब्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् । आशिफले ७६ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाएर खेलिरहेका छन् ।रासस