• ११ मंसिर २०८१, मङ्गलबार

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य

blog

काठमाडौं, भदौ १५ गते । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, पूजा महतो  र रुबिना क्षेत्रीले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस