• ६ जेठ २०८१, आइतबार

कुशल र सोमपाललाई जनही एक लाख प्रदान

blog

पुरस्कृत भएपछि कुशल भुर्तेल र सोमपाल कामी बिचमा ।

काठमाडौं, भदौ २१ गते । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिमेटमा भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली क्रिकेटरलाई दुई लाख रुपियाँ प्रदान गरेको छ ।

भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपियाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित कार्यक्रमबिच भारतविरुद्ध छक्का प्रहार गर्नुभएका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपियाँ हस्तान्तरण गरिएको हो ।

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का हान्नुभएको थियो । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो । इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो ।