• ४ असार २०८२, बुधबार

चिटिक्क सिङ्गारिएको पिपल डाँडा

blog

महालक्ष्मी नगरपालिका–६ स्थित पपिलडाँडा । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, असार ४ गते ।
पछिल्लो समय पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन बाक्लो हुने गरेको पाइन्छ । कतिपय पर्यटकीय स्थल तथा आ–आफ्ना ठाउँहरु विषेशताले चिनिने समेत गर्दछन् । तर पर्यटकीय स्थलको प्रचारप्रसार र संरक्षण साथै विषेशता चिनाउन गाउँमा युवा जगत अगाडि बढेका छन् । धनकुटाको महालक्ष्मीका युवा यतीवेला नगरभित्रका पर्यटकीय स्थल र ठाउँको विषेशताले चिनाउने अभियानमा लागि परेका हुन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–६, स्थित मुगाली गाउँमा रहेको पिपल डाँडामा चौतारो र बस्नका लागि फलैचा, वरीपरी रेलिङ, गमाल, नगरभित्र रहेका पर्यटकीय स्थलसहितको होडिङ बोर्ड र राष्ट्रिय झण्डाले सुन्दर मनोरम देखिएको छ । स्थानीय सुरेश कार्कीको अगुवाइमा स्थानीय जगतका युवाहरु यतिबेला पर्यटकीय स्थल तथा आ–आफ्ना ठाउँहरु विषेशताले चिनाउने अभियानमा लागेका छन् ।

फलैचामा चौतारो, चौतारोसँगै वरीपरि रेलिङ, गमला र नगरपालिकाका सबै बडामा भित्र रहेका पर्यटकीय स्थल, केका लागि प्रशिद्ध र कसरी चिनिन्छन् भनेर मुगाली गाउँमा रहेको चौतारामा होडिङ् बोर्ड राखेर अभियानमा लागेको सुरेर कार्कीले बताउनुभयो ।

उक्त स्थानमा नगरपालिकाका आफ्ना वडा र पालिका चिनाउन पर्यटन वार्ड राखिएको छ । यस्तै वडा नम्बर–१ मा अवस्थित घुमाउने बान्द कोभिका लागि प्रशिद्ध, वडा नम्बर–२, मा अवस्थित पर्यटकीय स्थलका रुपमार रहेको लेगुवा झरना, वडा नम्बर–३ मा अवस्थित थामडाँडामा रहेको पुरानो शिवलय मन्दिर र यस्तै वडा नम्बर–४, अवस्थित अरुण उपत्यका पर्ने बेलटारमा रहेको खेती योग्य जमिन रहेका छन् ।

यस्तै वडा नम्बर–५, भोजपुर, संखुवासभा र धनकुटाको संगम स्थल, वडा नम्बर–६, मा अवस्थित नेपालकै सवैभन्दा दोस्रो ठुलो शिवालय मन्दिर (गुठ) यस्तै वडा नम्बर–७, नगरपालिकाको केन्द्र रहेको जितपुर बजारमा निर्माण गरीएको रुद्रक्षको स्तम्भ, वडा नम्बर–८ मा निगालेमा अवस्थित दुग्ध उत्पादन पकेट क्षेत्र रहेको दुध दुदै गरेको गाईको स्तम्भ, र यस्तै वडा नम्बर–९ मा मुर्तिढुङ्गामा रहेको ढुङ्गाको बगैँचा रहेको छन् । यी सबै क्षेत्रलाई चिनाउन र पर्यटन प्रर्वद्धन गरी विशेषता चिनाउने होर्डिङ बोर्ड राखिएका छन् ।

अभियान्ता कार्कीले भन्नुभयो, ‘‘नगरपालिका र वडाले पर्यटकीय स्थल तथा आ–आफ्ना ठाउँहरु विषेशताले चिनाउन कुनै पनि कार्यक्रम नगरेकाले हामी आफैँ लागेको हौं । हामीले सबैबाट सकेको सहयोग गर्न समेत व्यक्तिगत रुपमा भनेको र आर्थिक र भौतिक सहयोग जुटि रहेको छ, यो अभियानमा जोडिन समेत सबैलाई आग्रह गरेका छौँ ।’’ यो अभियानमा स्थानिय सरोकारवालहरु समेतले चासो र साथ सहयोग गरेको उहाँको भनाइ छ । 

त्यसोत यो अभियानमा महालक्ष्मी नगरपालिकाका पूर्व प्रमुख पर्शुराम नेपाल समेत सामेल हुनुभएको छ । युवा जगतमै यस्तो सोच र परिवर्तन आउनु सकारात्मक पक्षमा लिन सकिन्छ । नगरपालिका र वडाले आफ्ना ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि होडिङ बोर्ड लगायतका काममा चासो नदिएका र युवाहरु नै लागि परेको उनिहरु बताउछन् । सरकारी बजेट अनुसार काम गर्ने होभने करिब एक लाखको काम गरीएको तर करिब ३५ हजारभन्दा बढी आर्थिक सङ्कल गरी युवा जगत नै यो अभियानमा लागेर काम गरेको उनिहरुको भनाइ रहेको छ ।