पापी नजर (लघुकथा)
सपनाले घाँसको भारी गोठमा बिसाइन् । हातमुख धोएर भान्सामा आइन् । भाँडा सबै जुठा थिए । भाडामा भात थिएन । भोकले आत्तिएकी सपनाले सासू आमालाई सोधिन्, ‘आमा मलाई भात छैन ?’ ‘तेरो को नोकर छ यहाँ ? जा न तेरो बाउको घर, अब के कुरेर बसेकी यतिबेर ? कुन नाठो खोज्न गएकी थिइस् ?’ सासूआमाको जवाफ आयो । ‘म कहाँ जानु भन्नु, हजुरले यसरी नभएको आरोप नलगाउनु बर्बरी झरेको आँखाको आँशु पुछिन् । भक्कानो छुटेको छ ।’ जुरुक्क उठेर बाहिर आएकी सासूआमालाई रोक्दै सपनाले भनिन् ।