आखिर प्रेम के हो ? (कथा)

अचम्म लाग्छ उसको कुरा सुन्दा । मभन्दा सातै वर्ष कान्छी त हो मेरी बहिनी । तर त्यही सात वर्षले उसमा कत्ति साहस र आत्मविश्वास भरिदिएको छ । ऊ आफ्नो जीवनको हरेक निर्णय आफैँ गर्दछे । तर मैले मेरो जीवनको महìवपूर्ण निर्णय पनि गर्न नसकेर दिदी मरेको ४८ दिनमै मभन्दा १७ वर्ष जेठो दुई छोराको बाबु भइसकेका भिनाजुको कान्छी श्रीमती भएर भित्रिनु प¥यो ।