घरज्वाइँको धन्दा !

ज्वाइँ छोरा बराबर भन्ने जुग आई नै सक्यो आउन त ! तर बाज्या पालाको पुरानो लवजको कवचभने मछिन्द्रनाथको भोटोजस्तै कहिल्यै पुरानो नहुने परेछ कि क्या हो ! हिमवत्खण्डको सिरानमा सजिएको यो देशकै इतिहास पुरानो भएर पनि हुन सक्छ, सधँै उस्तै र उही उखान मीठोमसिनो लागेर मुखमा झुन्डिएको भेटिन्छ नेपालीको ।