आस्था कुनै पत्थर होइन
कतै जडी दिन्छौं
कतै उखेली दिन्छौं ।
आस्था कुनै मूर्ति होइन
कतै फोडी दिन्छौं
कतै जोडी दिन्छौं ।
आस्था कुनै बिकाउ होइन
कहिले लिलाम गर्छौं
कहिले किनी लिन्छौं ।
यो माला होइन
कहिले उन्छौं
कहिले तोडी दिन्छौ ।ं
आस्था जीवनको नव रंग हो
सागरको तरंग हो
तिमीले बुझ्न सकेनौं यसलाई
यो यस फूलबारीको उमङ्ग हो ।
आस्था जीवनको आश हो
यो माटोको विश्वास हो
दिग्भ्रमित छौं तिमी
यो आत्मा परमात्माको
मिलनको आभास हो।।
आस्था धरती,आकाश, समुञ्द हो ।
आस्था सत्य हो,शिव हो,सुन्दर हो।।