खोइ नेपाली ‘रेनेसा’ ?

हामी आफ्नै छेउको झरनाको पानी नपिएर ‘प...र’ इनारको कुहिएको पानी पिउनमा रमाइरहेका छौँ । एक पटक दार्शनिक लियोनार्दो दा भिन्चीले भनेका थिए, ‘झरनाको नजिक बस्ने मान्छेले इनारको पानी पिउँदैन ।’ यो भनाइ विद्यार्थी हुँदा पढेको थिएँ तर बुझेको थिइनँ । आज बुझ्दै छु ।