अर्को जन्म (कविता)
दिनेश अधिकारी मेरो घर अघिल्तिर वर्षौंंदेखिठिङ्ग उभिएको छ एउटा रुखरुख हुनुको अर्थ हो–मान्छे वा माटोलेभन्दा पहिलेचट्याङ व्यहोर्नु,वर्षात् सहनु,बटुलेर हावाको गतिफेदमा बस्नेहरूका लागि शीतलता हम्कनु,टोड्कामा बचेराहरू हुर्काउनु,र, चराहरूलाईनाच्दै गीत गाउनका लागिहाँगाको आँगन दिनु !मसँगै हुर्किएको यो रुख !कम्तीमा पनिकपालले जनाउने मेरो तिलचामले उमेरयसले पनि बिताएको छपाको भएपछिबाँच्न दिँदैन मान्छेले रुखलाईअब निश्चित छआजभोलिमै यो कसैको हातबाट गिँडिनेछआँखाभरि चित्राङ्कन गरिरहेछु म यसको भविष्य–कुनै पनि बेला–टुक्राटुक्रामा काटिएपछियो, कतै पुल र कतै दलिन बन्नेछ,कतै झ्याल–ढोकाका खापार कतै दराज वा मेच–टेबुल भएर जन्मनेछ,टुक्रिँदैर ताछिँदै अन्यत्र काम नलाग्ने भएपछि त्यही काम नलाग्ने अंशपुसको ठिहीमा आगो भएरकुनै एक साँझ केटाकेटी वा बूढाबूढीको निम्ति न्यानो छर्दैमकल वा अँगेनामा बौरनेछ,र, खरानी भएपछि अर्को कुनै बिरुवाको फेदमा मल भएरमाटोसँग मिसिनेछअहा ! कति जाति हुन्थ्योम पनि रुख भएर हुर्कन पाएको भएछ भने अर्को जन्ममलाई रुखकै जीवनर, रुखकै मरण भोग्न मन लागेको छ ! dhadhikari@ gmail.com