• ८ मंसिर २०८१, शनिबार

यो कस्तो सम्बन्ध ? (कथा)

blog

 सरिता अर्याल

 

मेरो पछाडि आएर उभिरहेकी रहिछन् डेवी वार्नेर । आफ्नो काम सकेर फनक्क फर्किंदा डेवी मुसुमुसु हाँसेर मतिर हेरिरहेकी । 

“ओ डेवी यस्तो जाडोमा पनि तिमी आएकी ?”

“उफ् ! सारा आज बाहिर अति नै जाडो छ, तिमीलाई थाहा छ आज कति चिसो छ ?”

“सरी मसित अहिले मोबाइल छैन, तिमीले हेरिकी हौ कति चिसो रहेछ ?”

“मैले घरबाट निस्किँदै हेरेको, माइनस १५ डिग्री छ ।”

“८५ वर्षको मान्छे चिसोमा बाहिर ननिस्क, बिरामी हौली फेरि ।”

“तिमीलाई नभेटी मेरो दिन कहाँ बित्छ र ? तिमी त छौ एकजना; जोसित म मनको कुरा बिसाउन पाउँछु । जोन छ नि भन्ने लाग्थ्यो, जोनले जानेबेलामा तिमीलाई जिम्मा लगाएर गयो । उसलाई सम्झियो कि तिमीसित बोल्न मन लागिहाल्छ ।”

जोन र डेवीको घरमा हप्ताको एक दिन म घर सफा गरिदिने काम गर्न जान्थेँ । कोरोना सुरु भएपछि बूढाबूढीले मलाई उनीहरूकै घरको बेसमेन्ट फ्रीमै बस्न दिए । बाहिरबाट आउँदा कोरोना सर्ला कि भन्ने डरले त होला । 

महिनाको चार सय तिरेर रुम सेयर गरेर बसेकी मलाई अमेरिकामा महिनाको चार सय जोगिनु पनि ठूलै कुरा भयो । 

रेस्टुरेन्टमा काम गर्ने भएकाले म सकभर उनीहरूलाई छुदिनँ थिएँ । मास्क बिना बोल्न पनि नबोल्ने नियम नै बनाएको थिएँ । 

कोरोना चम्किएपछि रेस्टुरेन्टमा खान दिने होइन, घरमा लगेर खानू भनेर ग्राहकहरूलाई बट्टामा पोको पारेर बेच्न थालियो । सधँै खान आउने ग्राहकहरू पनि भटाभट मर्न थालेको खबर दिनहँु आउथ्यो । सँगै एउटै ओछ्यानमा सुतेकी मेरी साथी रीता पनि कोरोनाको पञ्जामा परेर आफैँले काम गर्ने अस्पतालमा भर्ना भएकी थिई । बिरामीमा हेर्न जान नपाउने कस्तो महामारी आयो । विदेशको बसाइ अनि यस्तो डरलाग्दोे रोगको भुमरीमा । पैसा ठूलो कि जिन्दगी भन्ने तराजुमा अड्किएको थियो दैनिकी ।

जोनलाई राति ज्वरो आएछ । बिहानै डेवीले मलाई सुनाइन् । दैनिक हजारौँ मानिस मारेर उकालो लागिरहेको कोरोनाले जोनलाई पनि भेट्यो कि के हो जस्तो लाग्यो । डेवीलाई जोनलाई लिएर अस्पताल जाऊँ भन्न सकिनँ । कोरोनाको डर र मानवतामा लडाइँ चल्यो । हिन्दु संस्कारमा हुर्किएकी मलाई जोनलाई त्यो हालतमा छोडेर काममा जान मनले मान्दै मानेन । सन्चो भएन भनेर कामबाट बिदा लिएँ र डेवीलाई घरमै छोडेर जोनलाई लिएर म अस्पताल दौडिएँ । घरबाट निस्कने बेलामा जोनलाई के लाग्यो कुन्नि “सारा डेवीलाई माया गर ल । म नफर्किउन्जेल डेवीलाई एक्लै न छोड ल । डेवीलाई तिम्रो जिम्मा लगाएर म अस्पताल जाँदै छु ल ।”

 जोनसितै म अस्पताल पुगेँ । उफ् ! अस्पतालमा त खाना चिस्याएर ओसार्ने ट्रकहरूमा पो कोरोना भएर मरेका बिरामीलाई कोच्दै रहेछ । मुटु ढक्क फुलेर आयो । जोनलाई अस्पतालभित्र छिराएपछि म घर फर्किएँ । 

जोनलाई राति ज्वरो आएछ । बिहानै डेवीले मलाई सुनाइन् । दैनिक हजारौँ मानिस मारेर उकालो लागिरहेको कोरोनाले जोनलाई पनि भेट्यो कि के हो जस्तो लाग्यो । डेवीलाई जोनलाई लिएर अस्पताल जाऊँ भन्न सकिनँ । कोरोनाको डर र मानवतामा लडाइँ चल्यो । हिन्दु संस्कारमा हुर्किएकी मलाई जोनलाई त्यो हालतमा छोडेर काममा जान मनले मान्दै मानेन । 

घर पुगेर काममा फोन गरेर आधा दिन काम गर्न जानुपर्ला भन्दै म घरतिर लागेकी थिएँ । घरमा म मात्र फर्किएको देखेर डेवी थ्याच्च सोफामा बसिन् । मसित केही बोलिनन् तर उनको निधारमा चिटचिट पसिना आएको मेरो नजरमा लुक्न सकेन । उनले एकोहोरो टुलुटुलु मलाई हेरिरहिन् । उनले नबोले पनि मैले उनको हाउभाउले बुझेँ उनी जोनको बारेमा जान्न चाहन्छिन् । 

जोनलाई समयमै हामीले अस्पताल पु¥यायौँ, पीर नगर दुई तीन दिनमा जोन ठीक भएर आइहाल्छ नि !

मैले बूढीलाई अँगालो मार्दै सान्त्वना दिएँ । बूढी मेरो कुममा टाउको राखेर रुन थाली । ऊ छटपटिएर घरि कुनकोठा घरि कुन कोठा गर्न थाली । जोनका तस्बिरहरू हेरेर टोलाउन थाली । उसको यस्तो छटपटाहट देखिदेखि मलाई काममा जान मन लागेन । आफूलाई केही पीर प¥यो कि भगवान् गुहार्ने संस्कारमा हुर्केकी मलाई डेवीको छटपटी देखेर उसको भगवान् बेत केनेसेस लिएर जाऊँ कि जस्तो लाग्यो । जोन आयो भने हामी बाहिर जाँदा भनेर उनले घरबाहिर निस्कनै मानिनन् । त्यो दिन केही खान पनि मानिनन् । धेरै बल गरेर एउटा केरा र सिरियल खुवाउन म सफल भएँ । 

पूर्वीय संस्कारको दाम्पत्य जीवन हत्तपत्त टुक्रिँदैन पाश्चात्य संस्कारमा सानु कुरामा पनि पारपाचुके हुन्छ भन्ने सुनेकी मलाई जोन र डेवीको एकअर्काप्रतिको समर्पण देखेर अचम्म लागिरहेको थियो । 

भोलिपल्ट चार बजेनै डेवीले मेरो ढोका ढकढकाउन आइपुगिन् । 

“सारा तिमी गाडी चलाउन सक्दिनौ उवर बोलाएर मलाई अस्पताल लगिदेऊ न ।” 

बूढीको आँखा हेर्दा लाग्दथ्यो उनी रातभरि नै निधाएकी छैनन् जस्तो । माया लागेर एक मनले भन्यो लिएर जाऊँ कि तर फेरि हिजोको अस्पतालको अवस्था देखेर आएकी मलाई डेवीलाई लिएर जान मन लागेन । तिमीलाई कोरोना लागेको छैन, अस्पताल गयौ भने तिमीलाई पनि कोरोना सर्न सक्छ । त्यसैले तिमी नजाऊ म पुगेर आउँछु ।”

आफ्नो नित्यकर्म सकेर म लागेँ अस्पतालतिर । जोनलाई त के हेर्न पाउनु, हिजो आईसीयूमा लग्यो भने पछि घर फर्किएकी म आज बिहानै भेन्टिलेटरमा पुग्यो भनेर सुन्नेमा पुगेँ । अवस्था चिन्ताजनक छ पनि भने । उफ् ! कसरी खबर गर्नु डेवीलाई ? 

म घर पुग्दा डेवी ढोकैमा भेटिइन । “कस्तो छ जोनलाई ? तिमीले जोनसित बोल्न पायौ ?” एकजना अस्पतालमा मृत्युसित लडिरहेको छ यता डेवीको हालत ! कसरी भन्नु जोनको अवस्था बूढीमान्छे पीरले नै मर्लिन् जस्तो लागेर झुट बोल्दै भनेँ, “आईसीयूबाट निकाले छ राम्रो हँुदैछ रे तर डिस्चार्ज भने अहिले नै गर्दैन रे । पूरा ठीक भएपछि मात्र पठाउँछ र ?” मेरो झुटले डेवीमा काम ग¥यो । उनको चाउरिएको निन्याउरो अनुहार उज्यालो भयो । मुसुक्क मुस्कुराइन् र हिब्रु भाषामा ‘यहोलिम गदोल’ भनिन् । उनको भगवान्लाई सम्झिएकी होलिन् । उनले मलाई काममा जाने अनुमति दिइन् । उनको उज्यालो अनुहारले मलाई पनि मेरो काममा जान हौस्यायो ।

बेलुका कामबाट थाकेर घर फर्किंदा किन किन जोनको अवस्था बुझ्न मन लाग्यो र अस्पताल पुगेँ । डाक्टरले मेरो नम्बर मागे, “केही हुनासाथ हामी खबर गर्छाैं ।” कति सजिलै भने डाक्टरले त तर मेरो मनमा भने आँधीबेरी चल्न थाल्यो । जोनलाई केही भयो भने बिचरी डेवी पनि मर्छे होला । 

घर पुगेपछि जोनको डायरीमा उनीहरूको एक मात्र सन्तान एडनको नम्बर खोज्न थालेँ । एडनको नम्बर पाएँ र फोन गरेर सबै कुरा बताइदिएँ । “मेरी आमालाई सम्हाली देऊ म नआएसम्म । म भोलि जसरी पनि आउँछु ।” एडनको कुराले अलि मनमा सन्तोष भयो । डेवी र मैले बब्ब रातको खाना सँगै खायौँ ।

मस्त निद्रामा फोनको घण्टीले बिउँझायो मलाई  “हेलो ।” 

“सारा, जोन बित्नुभयो भर्खर । अनुहार हेर्ने भए एक घण्टाभित्र आउ ।” लौन कस्तो समाचार हो यो । अब एडन पनि आइपुगेको छैन मैले डेवीलाई कसरी लिएर जानु ? अनुहार पनि हेर्न नदिँदा मलाई पछि कति सराप्ने हुन् ? हे भगवान् मानवता पनि देखाउन नसकिने कस्तो अवस्थाको सामना गर्नु प¥यो । एडनलाई फोन गरेर सबै कुरा बताए । म आउँदा बुबालाई अस्पतालबाट हटाइसकेको हुन्छ । त्यसैले सारा, आमालाई बुबाको अनुहार तिमीले नै अन्तिम पल्ट देखाई देऊ प्लिज । 

डेवीलाई उठाए र बिस्तारै भने, “हामीलाई अस्पतालले बोलायो हिड जाउ ।” उनले के बुझिन् केही नबोली तयार भइन् । ट्याक्सीबाट अस्पताल पुगेर रिसेप्सनमै जानेको मान्छे भनेपछि भित्रबाट डाक्टर आएर डेवीलाई सम्झाउँदै भित्र लिएर गए । म पनि सँगै थिएँ । सिसाको झ्याल बाहिर हामी, भित्र डेवीको लास थियो । अहिले उठेर बोल्ला जस्तो, निदाएको हो कि जस्तो । 

डेवीले आफ्नो मनलाई कस्तो बलियो बनाइन् त्यो बेला बाहिरबाट फ्ल्याङ किस दिइरहिन् । के के बडबडाइन हिब्रु भाषामा र मतिर फर्केर हिँड जाऊँ भनिन् । घर पुग्नासाथ जोनको फोटोलाई छातीमा टाँसेर बेहोस भइन् । अब मलाई परेन आपत् । एम्बुलेन्सको नम्बर पनि मसित सेभ थिएन । पानी छम्की छम्की उनलाई होसमा ल्याएँ । बिहान भएपछि जोनको मृत्युको खबर दिएर डेवीलाई रुङ्नु प¥यो भन्दै बिदा लिएँ । 

जोन र डेवी न मेरा आफन्त न साथीभाइ तर पनि त्यो दिन मलाई आफ्नै परिवारकै मान्छे गुमाए जस्तो भयो । डेवीलाई सामान्य जीवनमा ल्याउन मैले धेरै नै मिहिनेत गरेँ । छोरो आयो तर सात दिन पनि आमाको साथमा बसेन । “तिमीलाई कति पैसा चाहिन्छ मेरी आमाले दिनुहुन्छ, अब मेरी आमाका लागि फुलटाइम दिनु ल ।” 

म काम नै गर्न अमेरिका पसेकी तर खै किन किन एडनको कुरा मलाई मन परेन । मैले मानवताले डेवीको सेवा गरेकी थिएँ; उसले मेरो सोचलाई किन्न खोजेको जस्तो लाग्यो । मन खिन्न भयो केही जबाफ दिइनँ । 

एडन फर्किएपछि डेवीको जिद्दीले मेरो कोठा माथि नै स¥यो उनकै छेउको कोठामा । मैले उनको दैनिकीमा परिवर्तन ल्याउन धेरै प्रयास गरँे । उनलाई गरिबलाई सहयोग गर्न उत्साहित बनाएँ । मेरो बिदाको दिन उनलाई लिएर घुम्न जान्थेँ कहिले चर्च, कहिले पार्क त कहिले कुनै मलतिर । कहिले काहीँ जोनलाई सम्झिएर विचलित हुन्थिन् । उनको हाउभाउ हेरेर कामबाट बिदै लिएर पनि म उनलाई समय दिन्थेँ । 

एक दिन एडनले मलाई फोन ग¥यो सारा तिमी मेरो आमासँगै बस ल । म अब स्थायी रूपमै हङकङ बस्नेगरी सर्दै छु । अब म त्यता फर्किन्नँ । मेरी आमाले त्यो घर तिमीलाई नै दिने कुरा गर्नु भएको छ । मलाई यसमा खुसी नै लाग्यो । तिमी नै मेरो आमाका लागि छोरी भयौ । मैले आमा तिम्रो जिम्मा लगाएँ । 

म कहाँ कहाँ जाने सिकाउँछु तिमी घर आफ्नो नाममा सार; आमा पनि बूढी भइसक्नु भयो कहिले के हुन्छ केही भन्न सकिन्न । म र मेरो श्रीमती अब हङ्कङमै बस्ने हो; आमा तिम्रो जिम्मा । सायद आमा छोरामा पनि यो गफ भएको थियो होला बेलुका डेवीले पनि त्यही कुरा दोहो¥याइन् । 

“डेवी म तिमीलाई आमा सरह मान्छु तर म तिम्रो घर लिएर यहाँ बस्न सक्दिनँ किनकि मलाई आमा भन्नेहरूले पनि मेरो बाटो हेरिरहेका छन् नि । उनीहरूको खुसीका लागि पनि मैले नेपाल फर्किनु पर्दछ । म यहाँ बसुन्जेल तिमीसितै बसुँला ।” मेरो कुराले डेवीलाई के लाग्यो कुन्नि उनको अनुहार अँध्यारो भयो । 

जोन मरेको एक वर्ष जतिमा डेवीले त्यो घर बेचिन् । केही डलर मेरो पोल्टामा पनि प¥यो । उनी त्यसपछि बूढाबूढी बस्ने घरमा सरिन् । म पनि उनको काम छोडेर फुल टाइम रेस्टुरेन्टमा काम गर्न थालेँ । 

डेवीलाई खै के हुन्छ, जोनलाई सम्झियो कि उनी मलाई भेट्न रेस्टुरेन्ट आइपुग्छिन् । मलाई पनि उनलाई भेट्दा आमालाई भेटे जस्तै लाग्छ । डेवीको र मेरो सम्बन्ध आमाछोरीको जस्तै नै छ आजसम्म भोलिको दिन कस्तो आउँछ के थाहा ?