प्रेमगीतका समकालीन आयामहरू
नेपाली गीतमा प्रेमका अनेक स्वरूपहरू पाइन्छन् । प्रेम अत्यन्त तरल भाव हो । यसको विशालता शब्द र व्यवहार दुवैका माध्यमबाट प्रकट हुन्छ । यो जति वैयक्तिक छ, त्यति नै सार्वजनीन पनि छ । प्रकृतिमा प्रेमका अनेक आयामहरू छन्, रतिरागात्मक भावमा जागृत हुने प्रणय प्रेमलाई मानव समाजले विशिष्टीकृत गरेको छ, यस