पन्ध्र किलो चामल [कथा]

‘यो पनि लैजा ।’ मेरी आमाले करिब पन्ध्र किलो जतिको सानो चामलको थैलो मेरो लगेजको साथमा राखेकी थिइन् । ‘आमा पनि क्या... । त्यहाँ म भोकै मर्छु भन्ठानेको ?’ उमेर नै त्यस्तो । मैले आमाको मायालाई उपेक्षा गर्न खोजेको थिएँ । अर्को कारण के थियो भने हवाई सेवा निगमले प्लेनमा पच्चीस किलोभन्दा बढी सामान लिन दिँदैनथ्यो । मेरो कपडासपडाको ब्यागले बढी तौल भइसकेको थियो ।