सङ्क्रमणकालीन न्यायको निकास
सङ्क्रमणकालीन न्यायको निकाससङ्क्रमणकालमा वैकल्पिक न्याय प्रणाली नै सङ्क्रमणकालीन न्याय पद्धति हो । पुरानो व्यवस्था बदलिएको, नयाँ व्यवस्था पूर्ण भइनसकेको अवस्थामा र युद्ध वा विद्रोहसँग सम्बन्धित घटना हेर्ने युद्धरत दुई पक्षको सहमतिबाट तय गरिएको न्याय पद्धति नै सङ्क्रमणकालीन न्याय हो । यस्तो सहमति आपसमा वार्ता गरेर वा कसैको मध्यस्थतामा भएको हुन्छ । यो सङ्क्रमणकालमा युद्धरत दुई पक्षका संयन्त्रको हकमा मात्र लागू हुन्छ ।
मर्यादित शिक्षण पेसा
गत साता हामीले गुरुपूर्णिमा मनायौँ । सामाजिक सञ्जालमा गुरुभक्तिका सन्देशहरू प्रवाह ग¥यौँ । गुरुको महिमा र आदर्श योभन्दा धेरै छ । आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार हुन् । देश हाँक्ने जनशक्ति हुन् । उनीहरूलाई सक्षम, सबल बनाउने मुख्य जिम्मा शिक्षकको नै हो ।
अधिकार कार्यान्वयनमा स्थानीय तह
नागरिक सहभागिताबाट निर्माण भएको नेपालको संविधानले शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने व्यवस्था गरिएको छ ।
साउने सङ्क्रान्तिको महिमा
धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताको धनी मुलुक नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्त्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो । यो दिनलाई उत्सवकै रूपमा मनाइन्छ, परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । धार्मिक मान्यता र गणितीय हिसाबबाट तिथि, बार, महिना, मसान्त, सङ्क्रान्ति, औँसी, पूर्णिमालगायत जीवनशैलीमा महत्त्व राख्ने चाडपर्वकै निरन्तरता हो साउने सङ्क्रान्ति ।
गोरखापत्रको अनुभूति
गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक धरोहर मानिन्छ । युगको हिसाबले गोरखापत्र सवा एक शताब्दीभन्दा बढी समय नाघिसकेको छ । त्यसैले त पत्रकारिताको अनौपचारिक खुला विश्वविद्यालयको रूपमा दरिन पुगेको छ । यो गोरखापत्रकर्मी मात्र होइन पाठकका निम्ति गर्वको विषय हो ।
उपकारसहितको जीवन स्वर्ग
व्रत, पूजा, उपवास, तीर्थ, जप आदि जुनसुकै काम गर्नुभन्दा पहिले सङ्कल्प गर्नुपर्छ । बिना सङ्कल्पको कामको फल आधा मात्र प्राप्त हुन्छ । कुनै पनि शुभ कर्म अगाडि प्रतिज्ञा सङ्कल्प आवश्यक हुन्छ । सङ्कल्प गर्दा तिथि, बार, नक्षत्र, पक्ष, योग, करण, सूर्य, चन्द्र, बृहस्पति, शुक्र ग्रहहरूको स्थिति, नाम, महिना, ऋतु र क
सडक दुर्घटना न्यूनीकरणका उपाय
नेपालमा मनसुन सुरुवातसंँगै देशैभरका धेरै सडकको अवस्था दयनीय देखिन थालेको छ । एक महिनाअघि मात्रै मुग्लिनमा सडक भासिँदा सर्वसाधारण नागरिकको मृत्युवरण भयो भने पोखराको अति व्यस्त सडक भासिएको समाचारसमेत आएका छन् ।
नसर्ने रोगको जोखिम
हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ ।
वितृष्णा फैलाउने दुस्प्रयास
हिजोआज चियापसलदेखि राजनीतिक मञ्चहरूमा समेत चर्चा चल्ने गरेको छ– नेपाल पनि श्रीलङ्काजस्तै हुन लाग्योे । यस्तो टिप्पणी गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध नेता कार्यकर्ता बढी देखिएका छन् । मूलधारका सञ्चारमाध्यमले समेत यदाकदा यस्तै आशयका समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास बढेको छ ।
सार्वजनिक सेवाको परीक्षण
सार्वजनिक कार्यलाई गुणस्तरीय, विश्वसनीय, मितव्ययी र औचित्यपूर्ण गराउने दायित्व राज्यका प्रत्येक संयन्त्रमा रहेको हुन्छ । यस दायित्वलाई व्यवहारमा प्रभावकारी गराउन सार्वजनिक कार्यको नियमित निगरानी, नियमन र नियन्त्रण कार्यलाई क्रियाशील गराउनु आवश्यक हुन्छ । सार्वजनिक क्षेत्रको खरिद एवं विकास निर्माण कार्यलाई स्वच्छ, नियमसङ्गत र गुणस्तरीय गराउन नियमित अनुगमन मूल्याङ्कन एवं नियन्त्रण गर्नु अपरिहार्य भएको छ । सङ्घीयदेखि स्थानीय तहसम्मका सरकारी कार्यको सुपरिवेक्षण कमजोर हुँदा अनियमितता एवं भ्रष्टाचारजन्य कार्य व्यापक विस्तार हुँदै गएको छ ।
विपत् व्यवस्थापनमा राज्य
विपत् कुनै समाजमा प्राकृतिक, मानवीय वा अन्य विभिन्न कारणबाट आकस्मिक रूपमा घट्ने प्रक्रिया हो । जहाँ मानवीय, भौतिक संरचना, आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नोक्सानी हुन्छ । यस्तो अवस्थामा राज्यको दायित्व नागरिकको जिउधनको सुरक्षा, पुनस्र्थापना तथा राहत, उद्धार, जोखिमयुक्त बस्तीका नागरिकलाई स्थानान्तरण, विपत् व्यवस्थापन प्राधिकरणले पूर्वतयारीका साथै अल्पकालीन र दीर्घकालीन योजनासहित तयारी अवस्थामा रहनुपर्छ । नेपाल बहुप्रकोपीय जोखिमयुक्त मुलुक हो ।
संसद्मा विधेयकको चाङ
वि.सं. २०७८ माघसम्म राष्ट्रिय सभा १५ र प्रतिनिधि सभामा ४२ गरी जम्मा ५७ वटा विधेयक विचाराधीन अवस्थामा थिए । केही विधेयक दर्ता गरिएका थिए । सदनमा वितरण भएर मात्र रहेका थिए केही विधेयक । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाइएका तर प्रतिनिधि सभाबाट फिर्ता नभएका १२ वटा विधेयक थिए । प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पठाएर बाँकी रहेका विधेयक भने थिएनन् ।
बदलिँदै नेपालको कूटनीति
विश्वभरि नै बदलिँदो राजनीतिक, आर्थिक एवं कूटनीतिक क्रियाकलापमा देखिएका पछिल्ला परिदृश्यले स्वार्थपूर्ण धुव्रीकरण सिर्जना गरेका छन् । यस्तो सन्दर्भमा नेपालजस्तो भौगोलिक, सामरिक, रणनीतिक, आर्थिक रूपमा संवेदनशील मुलुकको कूटनीतिक कार्यकौशलताको परीक्षण, अपरिहार्यता र दीर्घ रूपको परिवेशलाई ज्यादै सूक्ष्म ढङ्गले अध्ययन गरिएको छ ।
सार्वजनिक पुस्तकालयको एजेन्डा
आवधिक निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । यसमा जनताले पार्टीहरूलाई परीक्षण गर्छन् । परीक्षणका आधार पार्टीका विगतका काम र भविष्यका लागि अगाडि सारिएका योजना नै हुन् । चुनावको समयमा पार्टीहरूले जनतासामु आफ्ना प्रतिबद्धता राख्न कुनै कसरत बाँकी राख्दैनन् ।
चीनको हब हङकङ
चर्चित व्यापारिक तथा आर्थिक केन्द्र हङकङ चीनको हब बनेको छ । २५ वर्षअघि चीनमा विलय भएपछि हङकङ झन् सशक्त र प्रभावशाली बनेको छ । चीन सरकारले मुलुकको अखण्डता, सार्वभौमिकता र विविधतालाई जोड दिएको छ । हङकङलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ सुरक्षा कानुन बनाई कार्यान्वयनमा ल्याइएको छ । सुरक्षा
दलित समुदायमा स्वास्थ्य जटिलता
तनहुँ सदरमुकाम दमौलीबाट छ कि.मि. पूर्वमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो आँपस्वारा । १३० घरधुरी रहेको उक्त गाउँमा गुरुङ, मगर, बाहुन, क्षेत्रीको मिश्रित बसोवास भए पनि दलितको बाहुल्यता छ । विशेष कुरा, २०७२ देखि आँपस्वारामा देशकै पहिलो दलित होमस्टे ‘आँपस्वारा सामुदायिक दलित होमस्टे’ सञ्चालन भइरहेको छ । प
सरकारको एक वर्ष : लयमा लोकतन्त्र
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । यसको समीक्षा र मूल्याङ्कन यतिबेला विभिन्न कोणबाट हुँदै छ । संविधानलाई सुरक्षित तथा लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा सरकारले एक वर्षको परीक्षामा आफूलाई सफल साबित गरेको छ । गहिरो उकुसमुकुसपछि बनेको यो सरकारसँग अपेक्षाको डिग्री उच्च थियो । अपेक्षाअनुसारको डेलिभरी कति भयो भएन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ तर सरकारको प्राथमिकता सङ्क्रमणको व्यवस्थापन र आवधिक निर्वाचनको सुनिश्चिततातिर बढी केन्द्रित देखिन्छ; जुन स्वाभाविक पनि हो ।
भानु जन्मस्थलको गुरुयोजना
कुनै पनि योजनालाई डिजाइन गरी चरणबद्ध विकास योजना, बजेट व्यवस्थापन, कार्यान्वयन तालिका साथै योजनाको उद्देश्य÷प्रतिफल आदि समावेश गरिएको दस्तावेजलाई नै गुरुयोजना मानिन्छ । गुरुयोजनामा वर्तमान परिस्थिति-अवस्थितिको समीक्षा, टोपोग्राफिक सर्वेक्षण, नक्साको तयारी, परियोजना क्षेत्रको सबल, दुर्बल र चुनौतीको विश्लेषण, अवधारणाको विकास, विस्तृत योजना प्रतिवेदन तयार, पुँजी लगानी र कार्यान्वयन रणनीति रहेका छन् ।
नागरिकतासँग राष्ट्रियताको सम्बन्ध
देशको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षाको रक्षा र प्रवद्र्धन गरेर मात्र राष्ट्रियताको प्रवद्र्धन हुन सक्छ । राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । नेपाली भाषा, मातृभाषा तथा संस्कृतिको संरक्षण र संवद्र्धन, सीमा सुरक्षा, र राष्ट्रिय पुँजी निर्माण तथा तीव्र विकास गरेर स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणबाट नै राष्ट्रियताको प्रवद्र्धन गर्न मद्दत पुग्छ ।
मौसम पूर्वानुमानमा बेखबर कृषि
नेपाल कृषि प्रधान देश हो । अहिले पनि कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा ज्यादा मानिस कृषिमै निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनमा आज पनि रेमिट्यान्सपछि कृषि क्षेत्रकै योगदान (२३.९५ प्रतिशत) बढी छ । कुनै बेला अर्थतन्त्रमा सबैभन्दा बढी टेवा दिएको कृषि क्षेत्र विगत दुई दशकयता खुम्चँदै आएको छ ।
असारे सार ससुराली सत्कार
संस्कृतको यस श्लोकमा असारे भनी प्रयोग भएको ‘असार’ महिना होइन सारहीन भन्ने अर्थको हो । सारहीन संसारमा सुखको सार ससुराल हो । त्यसैले त महादेव र विष्णु आआफ्ना ससुराली हिमालय र समुद्रमा आरामसाथ रहेका छन् भन्ने अर्थ हो यसको ।
गिरिधारी र भानुभक्तबीचको झगडा
भानुभक्तका जीवनीका विभिन्न घटना र तिथिमितिमध्ये गिरिधारीसँग भएको झगडालाई महìवपूर्ण घटनाका रूपमा लिइन्छ । गिरिधारीले भानुभक्तसँग पहिलो बगर खेत र दोस्रो बाँधकुलोसम्बन्धी दुई पटक झगडा गरेका छन् । पहिलो झगडाको तिथिमितिमा जीवनी लेखकबीच मतान्तर देखिए पनि दोस्रो झगडाका बारेमा मतान्तर देखिँदैन । यो लेख मतान्तर विश्लेषणतिरभन्दा गिरिधारीले भानुभक्तसँग किन झगडा गरे भन्ने विषयमा केन्द्रित छ ।
त्रिचन्द्रमा जोडिएको स्वार्थ
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । देवी स्तोत्रमा उल्लिखित संस्कृतको यो उक्ति २०७२ को गोरखा भूकम्पपछि जीर्ण अवस्थामा रहेको देशकै पहिलो उच्च शिक्षालय त्रिचन्द्र क्याम्पसको सन्दर्भमा ठ्याक्कै मेल खान्छ । मुलुकको शैक्षिक उन्नयनको धरोहर त्रिचन्द्रको संरक्षणप्रति जिम्मेवार निकायले न चासो देखाएको छ न त चिन्ता नै ।
अधिकार रक्षामा नागरिक शिक्षा
मानव अधिकारको मुख्य उद्देश्य नागरिकका आधारभूत अधिकार रक्षा तथा संवद्र्धन गर्नु हो । शासकले नागरिक अधिकारमाथि कुनै किसिमको अतिक्रमण गर्न नसकोस् भनेर हरेक लोकतान्त्रिक संविधानमा नागरिकका आधारभूत नैसर्गिक अधिकारको प्रत्याभूत गरेको हुन्छ ।