• १२ साउन २०८१, शनिबार

२०५० सम्ममा इटालीको जनसंख्या चार मिलियनले घट्ने

blog

इटली, असार १२ गते । इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ ।

देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट) ले सन् २०१४ मा ६१.३१ मिलियनमा पुगेको इटालीको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको बताएको छ । 

अहिले ५८.८७ मिलियन रहेको छ । डाटा साइट वल्र्डोमिटरका अनुसार सन् २०१४ देखि ०।०२ प्रतिशतले बढेको देशको औसत जनसंख्या वृद्धि दरमा वृद्धि भएको छैन । 

औसत उमेर पनि बढ्दै गएको छ । जसले वल्ड्रोमिटरले  उपलब्ध गराएको ४७.७ को वर्तमान औसत उमेरको तुलनामा शताब्दीको मध्यसम्ममा औसत उमेर ५०.८ वर्ष हुने अनुमान गरेको छ । तथ्याङ्क अनुसार सेवानिवृत्त कामदारको अनुपातमा समस्या छ ।