लिमा, असार २८ गते । पेरुको लिमा क्षेत्रमा शुक्रबार बिहान भएको एक अन्तर-प्रदेशीय बस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, उक्त दुर्घटना उत्तर लिमा क्षेत्रको पारामोङ्गा नजिकै भएको हो ।
बस काराजबाट लिमा जाँदै गर्दा पातिविल्का-ह्वारास राजमार्गको १९ किलोमिटर नजिक, ओल्ला चिका र ओल्ला ग्रान्दे क्षेत्रको बिचमा अनियन्त्रित भई पल्टिएको बताइएको छ । घाइतेहरूमा धेरैजसोको हातखुट्टा भाँचिएको तथा अन्य गम्भीर चोटपटक लागेको बताइएको छ । उनीहरूलाई नजिकका पातिविल्का र बारान्का अस्पतालमा उपचारका लागि लगिएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । रासस/सिन्ह्वा