विकास मोडेल
नेपाली समाजमा विकास मोडेल सम्बन्धमा खासै बहस, छलफल भएको पाइँदैन । हचुवाका रूपमा देशलाई पञ्चायती व्यवस्थामा एसियाली मापदण्ड, बहुदलमा सिङ्गापुर र गणतन्त्रमा स्विट्जरल्यान्डजस्तै बनाइदिने भाषण गरियो । देश भने झन्झन् गरिबी, अभाव र परनिर्भरतिर धकेलिँदै छ ।
स्वतन्त्र हैसियतको स्वतन्त्रता
नेपालमा स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ । राजनीतिमा होमिएका र होमिने रहर गरेका कतिपय व्यक्ति राजनीति बुझेर यसतर्फ प्रविष्ट भएका छन् भने कतिपय बालेन र हर्कहरूको सफलता देखेर त्यसै हौसिएका हुनसक्छन् । राजनीतिमा अहिलेसम्म कुनै योगदान नगरेका, राजनीति नबुझेका या जनताका काममा सिन्को नभाँचेकाहरू पनि राजनीतिमा ह्वात्तै आउने प्रयासमा छन् ।
बिग्रँदो पर्यावरणप्रति विश्वको चिन्ता
बिग्रँदो पर्यावरणको निजीस्तरको चिन्ता, आधा अधुरा सरकारी सङ्कल्प, मन नलागी नलागी गरिएका संस्थागत प्रयास र अन्तर्राष्ट्रिय सम्बन्धमा सामूहिक हित बन्नुको साटो कूटनीतिक टक्करको हिस्सा बन्नाले कैयौँ पटक अन्तर्राष्ट्रिय पर्यावरण दिवसका यस्ता आयोजना निष्फलजस्तै बनेको पाइएको छ ।
फोहोर व्यवस्थापनबाट हैजा नियन्त्रण
फोहोरमैला व्यवस्थापन हाम्रोजस्तो देशका लागि मुख्य समस्याको विषय भएको छ । यसको व्यवस्थापनको अभावले वातावरणीय तथा गुणस्तरीय मानवीय जीवनमा अवरोध भएको छ । गुणस्तरीय जीवनका लागि हामी सबैले आफ्ना बस्ती, नगर र विभिन्न कलकारखानाबाट निष्कासित फोहोरमैलाको उचित व्यवस्थापन गर्दै अघि बढ्नु अति आवश्यक छ ।
बढ्यो जोखिम
हैजा एक प्रकारको सूक्ष्म जीवाणु भिब्रियो कोलेरीबाट लाग्ने सरुवा रोग हो । थोरै सङ्ख्यामा रहेका जीवाणुले मात्र पनि छिट्टै शरीरमा गम्भीर समस्या निम्त्याउने गर्दछ । यो जीवाणु प्रदूषित पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्युसमेत हुने गर्दछ ।
चिने जानेकाबाटै जोगिन गाह्रो
सबैभन्दा जघन्य हिंसाका रूपमा यौन हिंसालाई लिइन्छ । जुन नारी वर्गका लागि जीवनभरको पीडा हो । दैनिक जीवनमा कतै न कतै कुनै न कुनै रूपमा धेरैजसो महिलाले यौन हिंसा भोगेकै हुन्छन् । कार्यस्थल, सार्वजनिक यातायात, सार्वजनिक स्थान, घरभित्र वा जुनसुकै स्थानमा जबरजस्ती संवेदनशील अङ्ग छुने वा छुवाउने, झुक्याएर यौन चित्र तस्बिर वा फिल्म देखाउने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटना यौनिक हिंसाभित्र पर्दछन् ।
सञ्चारको साधारणीकरण ढाँचा
सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (कम्युनिकेसन मोडेल) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट अन्वेषण गरी अभिनिर्माण गरिएको हो ।
शून्य कार्बन उत्सर्जनमा नेपाल
पछिल्लो समय वायुमण्डलमा कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनमा वृद्धि हुँदै गएको छ । उद्योग तथा कलकारखाना, यातायातका साधन र घरायसी प्रयोजनमा ऊर्जाका लागि खनिज इन्धनको अत्यधिक प्रयोगलगायतका मानवीय गतिविधिबाट पृथ्वीको तापक्रममा समेत वृद्धि भइरहेको छ । जलवायु परिवर्तनमा महत्त्वपूर्ण योगदान पु-याउने, हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून अर्थात् ०.०२७ प्रतिशत मात्र रहेको छ ।
सुदूरको आर्थिक विकासमा कोसेढुङ्गा
सुदूरपश्चिमका पर्यटकीय गन्तव्य स्थापित राष्ट्रिय गन्तव्यको सूचीमा केही वर्षअघि मात्र जोडिएका छन् । मुख्यतया शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुञ्जको विशेष चर्चाबाहेक महाकाली र कर्णाली नदी, घोडाघोडी ताल, अपि, सैपाल हिमाल र नौवटा जिल्लाका केही मन्दिर, ताल, तलैयामा पर्यटकीय गतिविधिको सम्भावनाबारे केही चासो हुने गरेको मात्र पाइन्छ । यसै सूचीमा थप पर्यटकीय गतिविधिसहित पर्यटन आकर्षित गर्न यस प्रदेशको तराई र चुरे क्षेत्रलाई समेट्ने गरी नयाँ पदमार्ग ‘सुदूरपश्चिमको काली–कर्णाली चुरे पदमार्ग’का धार्मिक, प्राकृतिक, जैविक सम्पदाको समिश्रण भएका गन्तव्य यहाँ प्रस्तावित गरिएका छन् ।
समुन्नत नेपालको कार्यदिशा
जननायक बीपी कोइरालाले कुनै सन्दर्भमा भन्नुभएको छ, “तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।” नेपाली राजनीति वर्तमान परिदृश्यमा निकै पेचिलो छ । पाँच दलीय गठबन्धनको जगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि राजनीतिमा अनेक ‘गोयबल्स’ चरित्र प्रस्तुत भए । पछिल्लो घटना पूर्ववर्ती नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले गरेको विवादित सैन्य साझेदारीको विषयसँग जोडिएर आएको छ ।
महिलामाथि सुरक्षा चुनौती
जेठ दोस्रो साता पतिको कुटाइबाट गम्भीर घाइते भएकी खैरहनी नपा–१०, चितवनकी एक ४० वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भयो । कम्मरमा गहिरो चोटसहित यौनाङ्ग क्षतविक्षत हुने गरी पीडक पति रामचन्द्र माझीले उनीमाथि चरम हिंसा गरेका थिए ।
प्राकृतिक पुँजीकोे योगदान
नागरिकमा प्राकृतिक स्रोतबारे जानकारी भए पनि प्राकृतिक पुँजीबारे आधारभूत ज्ञान थोरैलाई मात्र छ । मानव सीप, श्रम तथा समय लगाई अर्थ वा वित्तीय पुँजीमा परिणत गराउन सकिने स्रोतलाई प्राकृतिक पुँजी भनिन्छ । उदाहरणका लागि खोला वा नदी किनारको ढुङ्गालाई लिन सकिन्छ । मानिसको सीप, श्रम र समय लगाएर माग भएको बजारसम्म ल्याइपु-याइन्छ ।
मानव अधिकार रक्षाको लडाइँ
मानव अधिकार विश्वव्यापी सरोकार र चासो भएको संवेदनशील विषय हो । प्रत्येक मानिससँग जोडिएका जन्मसिद्ध अधिकारको सुरक्षा हुनुपर्दछ भन्ने यसको मर्म हो । मानव अधिकारमा मूलतः तीन विषय अन्तरसम्बन्धित रहेका हुन्छन् । पहिलो, अधिकार प्राकृतिक हुनुपर्दछ । दोस्रो, त्यस्तो अधिकार सबैलाई बराबर हुनुपर्दछ । तेस्रो, त्यस्तो अधिकार विश्वव्यापी हुनुपर्दछ । यसर्थ मानव भएबापत पृथ्वीका सबै मानिसले समान ढङ्गले पाउने अधिकार मानव अधिकार हो ।
नीतिगत तहमा महिला
प्रत्येक मानवको नैसर्गिक अधिकारलाई थुन्न वा छेक्न खोज्नु भनेको खोलाको बीचमा उभिएर पानीको बहाव रोक्न खोज्नु वा हत्केलाले सूर्यलाई छेक्न खोज्नुसरह हो । यसै मान्यतालाई आत्मसात् गर्दै सन् १८३० देखि महिला दासताविरुद्ध विश्वव्यापी आन्दोलन सुरु भएको पाइन्छ । विशेषगरी औद्योगिक क्रान्तिपछि महिलाको आर्थिक अधिकारको खोजी हुन थालेको हो ।
वातावरणीय न्यायका पक्षमा
जैविक सन्तुलन र पर्यावरण स्वच्छताले वातावरण अनुकूल बनाउँछ । वातावरणको अनुकूलताले विकासमा सकारात्मक प्रभाव पार्छ । स्वच्छ वातावरण शासकीय कुशलताको सूचक पनि हो । वातावरणमा ध्वनि, वायु, जल र जलवायु परिवर्तन, वन विनाश र अव्यवस्थित विकास जस्ता क्रियाकलापले असर पारेको छ ।
इन्धन खपत घटाउने सूत्र
केही समयदेखि इन्धनको अकाशिँदो मूल्यवृद्धिले हाम्रो मुलुक र आमनागरिकलाई ठूलो समस्यामा फसाइदिएको छ । यो वृद्धि कुन तहमा पुगेर रोकिने हो अनुमान गर्न कठिन छ । नेपाल आयल निगमले दिएको सूचनाअनुसार अझै पनि निगम घाटामै छ ।
किसानका दुःख
कृषिप्रधान मुलुक नेपालमा जनसङ्ख्याको ठूलो हिस्सा यही क्षेत्रमा संलग्न रहेको छ । सबै कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धेरै किसान आकाशेखेतीमा भर पर्नुपर्ने बाध्यता छ । कहिले कम वर्षा भएर खडेरीको मारमा पर्नुपर्छ भने कहिले अधिक वर्षाले बाढीपहिरोको चपेटा सहनुपर्छ ।
स्थानीय तहमा बढ्दो अनियमितता
स्थानीय सरकार जनताको पहिलो र नजिकको सेवा प्रदायक हो । मुलुकमा सङ्घीय शासन पद्धति कार्यान्वयनमा आएपछि केन्द्र सरकारमा भएको असीमित अधिकार र स्रोत स्थानीय सरकारलाई उपलब्ध भएको छ । स्थानीय सरकारसंँग जनताको आकाङ्क्षा र भरोसा धेरै छ । स्थानीय सरकारप्रतिको जनताका आकाङ्क्षा एवं भरोसा र स्थानीय सरकारबाट उपलब्ध भएको सेवाको स्वच्छता एवं गुणस्तरकाबीच ठूलो अन्तर रहेको छ । जनताले स्थानीय तहमा प्राप्त गर्ने सेवासुविधा छिटो छरितो, सहज हुन सकेको छैन ।
एसपीपी ‘च्याप्टर क्लोज’
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणमा विकसित घटनाक्रम कुनै सस्पेन्स फिल्मभन्दा कम रोमाञ्चक छैन । गएको साता मात्रै सार्वजनिक गरिएको यो प्रकरण जसरी अघि बढेको छ, त्यसले धेरै पक्षमा हाम्रा कमीकमजोरी पटाक्षेप गरेको छ । सत्तामा रहँदा हौसिएर प्रक्रिया अघि बढाउने तर प्रतिपक्षमा पुग्नेबित्तिकै सत्तोसराप गर्ने गज्जबको भाष्य नेपाली राजनीतिमा जबर्जस्त स्थापित हुँदै छ ।
भूमि व्यवस्थापनमा भूउपयोग नियमावली
कृषियोग्य भूमिको न्यायोचित वितरण एवं कृषिसम्बन्धी आवश्यक ज्ञान र साधन सुलभ गराई भूमिमा आश्रित वास्तविक किसानको जीवनस्तरमा सुधार ल्याउन ५५ वर्ष अगाडि नेपालमा भूमिसम्बन्धी कानुनी व्यवस्था गरियो । भूमि धनी–गरिब सबैसँग जोडिएको विषय भएकाले सबै नेपालीले जग्गालाई सञ्चित अचल सम्पत्तिका रूपमा सञ्चय गर्ने संस्कार तथा परम्परा रहँदै आएको छ । साथै यसको महत्त्व दिनहुँ बढ्दै गएको अवस्था छ
योगको बुझाइ र यथार्थ
सामान्य चेतनामा रहेर साधारण जीवन यापन गर्नेदेखि उच्चतम अवस्था अर्थात् ब्रह्मसद्भाव (ब्रह्मज्ञान) सम्मको ल्याकत राख्ने जो कोहीको पनि योग सारथि हो ।
मानवताका लागि योग
आज २१ जुन । आठौँ अन्तर्राष्ट्रिय योग दिवस । नेपाल सरकारले विगतमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ मनाउँदै छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले योग तथा ध्यानको कार्यक्रम र आठौँ अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटन गर्नुहुनेछ ।
सरकारको आगामी कार्यभार
सरकार जनताको अभिभावक हो । पारदर्शिता, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र कार्यसम्पादन गर्ने विधि एवं जिम्मेवारीले मात्र सरकारलाई लोकप्रिय बनाउँछ । नागरिकले सरकारलाई कर तिरेका हुन्छन् ।
सडक व्यवस्थापनको अव्यवस्था
काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन ।