त्रिविको प्राज्ञिक पहिचान
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा उभिएर आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गरिने योजना सुनाइरहँदा मुलुककै जेठो विश्वविद्यालय त्रिविमा ताला लागेको १२९ दिन भएको थियो । राजनीतिले शैक्षिक क्षेत्रलाई कसरी थला पारेको छ भन्ने कुरा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा त्यतिका लामो समयदेखि लागेको तालाबन्दीबाट प्रस्ट हुन्छ ।
सार्वजनिक सवारी व्यवस्थापन सूत्र
देशको सङ्घीय राजधानी काठमाडौँको सार्वजनिक यातायात कहिल्यै व्यवस्थित हुन सकेन । सवारी व्यवस्थापन, व्यवस्थित सञ्चालन तथा आधुनिकीकरणमा सम्बन्धित सरोकारवाला पक्षको प्रयासले मूर्तरूप लिन पनि सकिरहेको देखिँदैन ।
गठबन्धनको औचित्यपूर्ण यात्रा
वि.सं. २०३३ पुस १६ गते जननायक बीपी कोइराला मेलमिलाप नीति लिएर स्वदेश फर्किनुभयो । देशभित्रकै राजनीतिक शक्तिहरूबीच नवीन सङ्कल्प र नयाँ दृष्टिकोण निर्माणको अपिलसहित बीपी काठमाडौँ आइपुग्नुभएको थियो ।
गौतम बुद्ध विमानस्थल र पर्यावरण
एक्काइसौँ शताब्दीमा हवाईयात्रीको सङ्ख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी रहने सम्बद्ध विज्ञ बताउँछन् । राइट दाजुभाइबाट हवाईजहाज निर्माण भएदेखि हाल चलनचल्तीमा रहेका विशालकाय बोइङ र एयर बस ३८० ले ‘ग्लोबल भिलेज’को अवधारणालाई साकार बनाएको छ । केही दशकअघिसम्म एसियाबाट पश्चिम गोलार्ध अमेरिका पुग्न पानीजहाजबाट छ महिना लाग्थ्यो । अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसैअनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो ।
नेतृत्वमा देखिनुपर्ने दूरदृष्टि
नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ । जटिल परिस्थितिमा निकै परिश्रम गरेर काम फत्ते गर्नेहरू पनि पर्याप्त सङ्ख्यामा भेटिन सक्छन् । असामान्य प्रकृतिका समस्यामा लामो समयसम्म घोत्लिएर बडो मेहनतका साथ समाधान गर्न सामान्य मानिसले पनि सक्छन् तर नेता भनेको फरक प्रकृतिको गुण भएकै हुनुपर्छ ।
निर्वाचन खर्च र निर्वाचनमा खर्च
स्थानीय तह निर्वाचन, २०७९ सम्पन्न भई प्रायः सबैजसो (७५२ पालिका) तहको परिणाम प्राप्त भएका छन् । यो निर्वाचनको विभिन्न कोणबाट समीक्षा गर्न सकिन्छ । सङ्घीयता कार्यान्वयनपछिको दोस्रो निर्वाचनले सङ्घीयतालाई स्थानीयकरण गर्न कति सहयोग ग-यो अथवा गर्ला, चुनाव र मतदातालाई कति जोड्यो, कसरी जोड्यो, विगतमा चुनाव जितेकाहरूको पार्टीगत घोषणा र व्यक्तिगत प्रतिबद्धताको कसी मतदातामा कसरी उत्रिएका छन्, जस्ता विविध कोणबाट निर्वाचनको मूल्याङ्कन गर्न सकिन्छ । साथै निर्वाचनको खर्चलाई सरकारी खर्च, आयोगले गरेका खर्च र व्यक्तिगत खर्चका कोणबाट पनि विश्लेषण गर्न सकिनेछ ।
छुनु र नछुनुको सञ्चारशास्त्रीय अध्ययन
बौद्ध लामाको भेषमा रहेका एकजना युवक र एकजना चलचित्र अभिनेत्री हालैका दिनमा धेरै चर्चा वा विवादमा परेका घटनासँगै नेपालमा छुवाइ (स्पर्श) बारे सार्वजनिक बहस बढेको छ । उक्त बहसले स्पर्श पनि राम्रो स्पर्श (गुड टच) र नराम्रो स्पर्श (ब्याड टच) बारे धेरैजनाको ध्यानाकर्षण भएको देखिन्छ ।
पाठ्यपुस्तककै पिरलो
विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको पाठ्यक्रम र पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ ले शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिनअघि नै वितरण केन्द्रहरूमा पाठ्यपुस्तक पु-याइसक्नुपर्ने व्यवस्था गरेको छ ।
नेपाली मिडियामा नवीन अभ्यास
‘मिडिया’ शब्द नेपालीमाझ केही वर्षयता सहलिया बनेको छ । ‘मिडियम’ शब्दको बहुवचन ‘मिडिया’को प्रयोग बढेको छ, व्यापक भएको छ । यो एकभन्दा बढी पेसाकर्मीको साझा शब्दजस्तै बनेको छ तर यसबाट विशिष्टीकृत मिडियाको पहिचानको सङ्कट गहिरिँदै छ ।
सम्पदा संरक्षण सामाजिक दायित्व
हरेक मुलुकको आफ्नै मौलिक सभ्यता, संस्कृति र संस्कार हुन्छ । सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । विश्वका अति प्राचीन मुलुकमा पर्ने नेपालको आफ्नै विशेषता छ । नेपालको भौगोलिक वनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा र परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ ।
राज्यस्रोत वितरणको मूल्य
स्थानीय तह निर्वाचन सम्पन्न भएर पदग्रहण गरेपछिको बैठकमै अधिकांश पदाधिकारीले लोकप्रिय निर्णय गर्न थालेका छन् । यसअघिको कतिपय स्थानीय सरकारले पनि यस्तै गरेका थिए । समाजको पिछडिएको वर्ग र समुदाय, सीमान्तकृत वर्ग, अशक्त, रोगी, राज्यकै नीति र पद्धतिको खोट, नियत र कतिपय अवस्थामा बेवास्ताजस्ता विभेदका कारणबाट माथि उठ्न नसकी पिँधमा रहेका मानिसलाई माथि उकास्ने व्यवस्था संविधानमै गरिएको छ । यसका लागि आरक्षणको व्यवस्था नै गरिएको छ ।
मधेशमा नयाँ समीकरण
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणमअनुसार नेपाली कांगे्रस पहिलो दल बनेको छ । नेकपा (एमाले) दोस्रो, नेकपा माओवादी तेस्रो, जनता समाजवादी पार्टी (जसपा) चौथो, नेकपा (समाजवादी) पाँचौँ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छैठौँ दलका रूपमा सूचीकृत भएका छन् । यस अतिरिक्त केही साना दल पनि छन् जसले आफ्नो दलीय उपस्थिति दर्ता गराएका छन् । यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार
सामाजिक संरचनामा राजनीति
कुनै पनि समाजको सचेतनाको अवस्था बुझ्न उक्त समाजले कस्ता विषयलाई प्राथमिकतामा राखेको छ, कुन किसिमले सम्बन्धित विषयलाई ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ । प्रायःजसो मानवनिर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तन तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तन यति सूक्ष्म रूपले भइराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय नै चाहिन्छ । यसको अर्थ परिवर्तन रोकिएको हुँदैन ।
फोहोर व्यवस्थापन सबैको जिम्मेवारी
मन्दिरै मन्दिरको पौराणिक सहर काठमाडौँ आजभोलि फोहोरको डुङ्गुरले पुरिएको छ । फोहोरको डुङ्गुर हुनुमा हामी सबै दोषी छौँ । एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नुभन्दा यसको दीर्घकालीन व्यवस्थापनमा एकजुट भएर लाग्नु सबैको कर्तव्य हो ।
निर्वाचनमा लाभ, हानिको बहस
निर्वाचनमा मतदातालाई प्रभाव पार्न उम्मेदवारले जे कुरा बोलेका हुन्छन्, त्यसको सार्वजनिक सत्यताको परीक्षण जनताले गरिरहेका हुन्छन् । प्लेटोकालीन युनानी राज्यव्यवस्थादेखि नै मानिसमा सत्य जान्ने जिज्ञासा प्रबल रूपमा थियो । आफ्नो अडानमा अटल भई बस्दा शुकरातले हेमलक विषपान लिन तयार भए तर वचन फेर्न तयार भएनन् । मानिसको विकास राज्यबाट बाहिर रहेर सम्भव नहुने भएकोले नै दलहरूले मानवोचित गुणहरूको विकासका लागि प्रतिस्पर्धाको राजनीति गरिरहेको यथार्थ हो ।
अबको सिकाइ बालमैत्री
बालबालिकालाई कक्षामा विषयवस्तुको ज्ञान सिकाउने नयाँ शैली र प्रविधि प्रयोग गर्ने शिक्षकबाट नै बालबालिकाले लाभ उठाउँछन् । प्रविधिको प्रयोग गरेर प्रत्यक्ष देखाएर पढाउँदा छिटो सिक्ने र सम्झने हुन्छन् ।
प्रणालीगत सुधारले श्रम स्वीकृतिमा चाप
वैदेशिक रोजगारमा जान चाहने प्रत्येक बालिग नेपाली नागरिकले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्बन्धित कार्यालयबाट अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । पहिलो पटक वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृति लिनुपर्छ भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई काम गरी फर्केकाले पुनः सोही देशमा काम गर्न जान अनिवार्य पुनः श्रम स्वीकृति लिनुपर्छ । संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम
फोहोरबाटै प्राङ्गारिक मल
नेपाल कृषिप्रधान देश हो । यहाँका ६१ प्रतिशत जनता कृषिमा आधारित छन् । हिमाल, पहाड र तराईमा विभाजित हाम्रो देशका सबै भाग स्रोतसाधनले सम्पन्न छन् । ठाउँअनुसार आफ्नै किसिमका विशेषता छन् । त्यसको पहिचान र सदुपयोग हामीले कतिसम्म गर्न सकेका छौँ भन्नेमा निर्भर छ ।
साझेदारीबाट विकासमा फड्को
विकास र समृद्धिका लागि राज्यहरू नागरिकबाट तीव्र दबाबमा छन् । परिवर्तनको गतिशीलतासँगै सर्वसाधारणहरू नयाँ स्वाद र सन्तुष्टिमा सेवा र विकास चाहिरहेका छन् । उदार लोकतन्त्रको कारण पनि सर्वसाधारणका अपेक्षाहरू विस्तार भएका छन् । राज्य मात्र विकास र सेवाको प्रदाता होइन, निजी तथा सामुदायिक क्षेत्र पनि प्रशस्त सम्भावना बोकेका छन् भन्ने मान्यतासाथ विकासमा साझेदारीको अभ्यास हुन थालेको हो ।
युवालक्षित बजेट
पाँचदलीय गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण, स्थिरता, रोजगारीमा वृद्धि, आर्थिक समृद्ध, गरिबी निवारण, वित्तीय अनुशासन, समाजवादउन्मुख अर्थतन्त्रको आधार निर्माण, सामाजिक रूपान्तरण जस्ता एकदमै सुन्दर उद्देश्य राखिएका छन् । यी उद्देश्य पूरा गर्न बजेटमा प्राथमिकता चयन गरिएको छ । जसमा कृषि क्षेत्रको रूपान्तरण, सर
मधेशी दलको घट्दो प्रभाव
गत महिना सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले सत्ताधारी नेपाली काँग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । पाँचदलीय गठबन्धनमा सामेल नकपा माओवादी केन्द्रको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्छ । पोखरा र हेटाँैडाजस्ता प्रमुख पालिकामा माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्राप्त गरेको सफलतालाई पनि सराहनीय मान्नुपर्छ ।
भ्रष्टाचाररहित समाजको परिकल्पना
भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।
सार्वजनिक संस्थान सवलीकरण
सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेर व्यवसाय तथा सेवा प्रदान गर्ने उद्देश्यले स्थापित, स्वतन्त्र अस्तित्व एवं व्यावसायिक चरित्र भएको, कानुनी रूपमा स्थापित र जनताप्रति उत्तरदायी संस्थान नै सार्वजनिक संस्थान हुन् । सार्वजनिक संस्थानलाई सरकारी उद्यम, सरकारी संस्था, सरकारी स्वामित्व भएका संस्थान, समाजवादीकृत उद्योगको नामले पनि चिनिन्छ ।
एलएलबी खारेजीको बहस
कानुनको स्नातक तहमा अध्ययन अध्यापन हुँदै आएको तीन वर्षे एलएलबी कार्यक्रम फेजआउट गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपश्चात् सो सम्बन्धमा कानुनी वृत्तमा बृहत् छलफल र बहस आरम्भ भएको छ तर स्वस्थ बहस हुनुको सट्टा विश्वविद्यालयका केही प्राध्यापक, केही कानुनका विद्यार्थी र केही कानुन व्यवसायीसमेतले पेसाको गरिमालाई बिर्सेर गालीगलौज र असभ्य भाषा प्रयोग गरी रिटका सम्बन्धमा ज्यादै प्रतिक्रियात्मक भएको देखिन्छ ।