• १६ पुस २०८१, मङ्गलबार
blog

आज २१ जुन । आठौँ अन्तर्राष्ट्रिय योग दिवस । नेपाल सरकारले विगतमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ मनाउँदै छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले योग तथा ध्यानको कार्यक्रम र आठौँ अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटन गर्नुहुनेछ । 

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन संयुक्त राष्ट्रसङ्घको महासभामा राख्नुभएको प्रस्ताव राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १७७ सदस्य राष्ट्रले अनुमोदन गरे । प्रस्ताव अनुमोदन भएपश्चात् सन् २०१५ देखि प्रत्येक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरी अधिकांश सदस्य राष्ट्रले मनाउँदै आएका छन् ।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘मानवताका लागि योग’ तय गरिएको छ । आजको विश्वमा योग कुनै लिङ्ग, जात, धर्म, रङ, भाषा, सम्प्रदाय, गुट, पन्थ र एउटा निश्चित भूगोलको परिधिभित्र मात्रै सीमित नभई आकाशजस्तै अनन्तसम्म फैलिन पुगेको छ । योग संयुक्त राष्ट्रसङ्घजस्तै विश्व समुदायको साझा चौतारी हुन पुगेको छ ।

राष्ट्रसङ्घले पनि यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाउँदै छ । नेपाल हिमवत्खण्ड शिवपार्वतीको क्रीडा तथा दिव्य साधना स्थल, सप्तऋषिको तपोभूमि तथा आदिदेव शिवबाट पाएको योग शिक्षाको हजारौँ वर्ष साधना गरेको पवित्रभूमि हो । त्यसैले त नेपाललाई सबैभन्दा पहिला योग प्रादुर्भाव भएको पवित्रस्थल मानिन्छ । 

नेपालको हिमवत्खण्डमा साधना गरेको योग सप्तऋषिमध्येका अगस्त्य ऋषिले योगलाई नेपालबाहिर पहिलो पटक भारत वर्षमा प्रचारप्रसार गरे । लामो समयको अन्तरालपश्चात् विभिन्न ऋषि, महर्षि, सिद्ध योगीहरूले दक्षिणपूर्वी एसिया हुँदै १९औँ शताब्दीमा अमेरिका र युरोपमा प्रचारप्रसार गरी योगलाई आकाशजस्तै अनन्तसम्म पैmलाए । विश्वका तीन करोडभन्दा बढी मानिसले दैनिक योग साधना गर्छन् । कोभिड–१९ महामारीले विश्वमा पारेको असरलाई न्यून गर्ने क्षमता पनि योगले नै विकास गरेको हो । 

चञ्चल हुनु मनको स्वभाव हो । मन जति चञ्चल र अस्थिर हुन्छ, रोग र शोकले त्यति नै हामीमाथि छुरा चलाउँछ । अस्थिर मनको चञ्चलतालाई निरोध वा साम्य पार्ने शक्ति योगमा रहेको छ । योगको सही साधना गर्ने व्यक्तिले मात्र शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक तìवलाई उन्नत बनाई आफूलाई परमात्मासँग जोडिएको वा एकाकार भएको आध्यात्मिक अनुभूति गर्न सक्छ । योगले मनलाई आफ्नो वास्तविक स्वरूपमा पु-याउँछ । 

योगको जन्मभूमिमा हुर्किएको हाम्रो समाजको ठूलो हिस्सा योगप्रति आकर्षित हुन सकिरहेको छैन । योग भनेको शारीरिक अभ्यास गर्ने आसन मात्रै हो भन्ने एकाथरिको बुझाइ छ । त्यस्तै योग उमेर ढल्केपछि वा रोग लागेपछि साधना गर्नुपर्ने भन्ने अर्काथरिको भ्रमपूर्ण बुझाइको बीचमा हामी पिल्सिरहेका छौँ । योग साधकले दिग्भ्रमित जनमानसलाई योगबारे बुझाउन सकिरहेका छैनन् ।     

साधारण मानिसले योगलाई सङ्ख्याको जोडको योगफल भन्ने बुझ्दछ । त्यस्तै योग साधनाको सामान्य जिज्ञासा राख्ने मानिसले योगलाई आफूभित्र भएको जीवात्मा र परमात्माको मिलन गराउने एउटा विधि भन्ने बुझ्छ । आधुनिक योगका व्याख्याकार महर्षि पतञ्जलि हुन् । उनले दिएको योगको परिभाषालाई विश्लेषण गर्ने हो भने मनुष्यभित्र भएको अस्थिर मनलाई स्थिर बनाउँछ ।

योगको साधनामा लाग्ने अधिकांश योग साधकले महर्षि पतञ्जलिको योगको परिभाषालाई आत्मासात् गरेका छन् । कारण योग त्यस्तो अनन्त आध्यात्मिक यात्रा हो, जसले निर्बलताबाट सवलताततर्फ, निराशाबाट आशाततर्फ, नकारात्मकताबाट सकारात्मकताततर्फ, अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनाततर्फ, प्रत्यक्षबाट परोक्षतर्पm र जीवनबाट ब्रह्मततर्फ जीवनलाई डो-याउँछ । ब्रह्मलीन हुन हामीले अष्टाङ्ग योगको विधिलाई पालना गर्नुपर्छ । 

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि अष्टाङ्ग योगका अङ्ग हुन् । यम र नियमको सही पालनाले मात्रै पनि एउटा व्यक्तिमा २० वटा मानवीय गुणको विकास हुन जान्छ । एउटा व्यक्ति परिवर्तन भएमा त्यसले आफ्नो परिवार, समाज, राष्ट्र र विश्वमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

प्रकृतिको दोहन रोकिन सक्छ । कृत्रिम खानाले निम्त्याउने विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याबाट विश्व समुदायलाई उन्मुक्ति दिन सक्छ । समाजमा झाँगिएको जालझेल, व्यभिचारी र मलिन वासनामा कमी आउने छ । अनन्त आकाशजस्तै पैmलिएको योगको समय, साधना र दृष्टिकोण फरक भए पनि मूल तत्त्व एउटै हो । 

मन्त्र योग, हठ योग, लय योग, अष्टाङ्ग योग, नाद योग, तन्त्र योग, क्रिया योग र ध्यान योग गरी यसका आठवटा स्वरूप छन् । हामी योग साधकले हाम्रो समाजलाई योग साधना मनोरञ्जन र शारीरिक व्यायाम नभई चरित्र निर्माणको मूल स्रोत हो भन्ने बुझाउन नसक्दा हाम्रो समाजलाई सामाजिक, राजनीतिक र आर्थिक विचलनको कालो बादलले ढाकेको छ ।

भोलिका दिनमा योग जन्मेको देशको नागरिकले योग सिक्न अन्यत्र पलायन हुनुपर्ने स्थिति हाम्रो सँघारमा आइसकेको छ । त्यसलाई अन्त्य गर्न ‘विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज विश्व शान्तिधाम अस्ट्रेलिया’ कालो बादलमा सेतो चाँदीको घेराका रूपमा सन् २०२० बाट हाम्रो क्षितिजमा देखा परेको छ ।

नेपालमा जीएसपीएसएस नामक एउटा संस्था छ । जसले सन् २०२५ सम्म नेपालभित्र पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय योग शिक्षक उत्पादन गरी नेपाललाई योग गुरुदेश बनाउने अभियानको थालनी गरेको छ । छिमेकी मुलुक भारतमा दुई लाख, संयुक्त राज्य अमेरिकामा एक लाख र बेलायतमा १० हजार योग शिक्षक रहेको तथ्याङ्क छ ।

यस संस्थाले २०० देखि एक हजार ५०० घण्टासम्मको निःशुल्क अनलाइन तालिम दिइरहेको छ । जब कि अमेरिकालगायत युरोपका देशमा एक घण्टा योगको कक्षा लिनलाई ४० देखि १०० यूएस डलर शुल्क लाग्छ । त्यस्तै दक्षिणपूर्वी राष्ट्रमा सालाखाला १५ यूएस डलर तिर्नुपर्ने योग अलायन्सको तथ्याङ्कले देखाइरहेको छ । नेपालबाट रोजगारीका लागि विदेशिने योजना बनाइरहेको त्यो जनशक्तिलाई निःशुल्क योग तालिम लिई दीक्षित बनाउन सकिन्छ । जसले गुरुको सम्मान र शुद्ध वासनासहितको अर्थोपार्जन गर्ने बलियो माध्यम बनाउनेछ । 

आफ्नै घरका कोठालाई तालिम केन्द्र र गुरुकुल बनाई दक्ष योग शिक्षक बनौँ । जीएसपीएसएसको नेपाललाई गुरु देश बनाउने अभियानमा आजबाट हामी सबै एकजुट बनौँ किनकि यो समयको माग हो । कुनै पनि राष्ट्रको आफ्नो जनसङ्ख्याको ०.००३५ प्रतिशत अन्तर्राष्ट्रिय मान्यताप्राप्त योग शिक्षक भएमा त्यो देशले योग गुरु देशको मान्यता पाउने संयुक्त राष्ट्रसङ्घको प्रावधान भएकाले हामीले सन् २०२५ सम्म त्यो लक्ष्य सहजै प्राप्त सक्छौँ ।

योग गुरुको मान्यता पाएपछि नेपालको पर्यटन उद्योगको समेत विकास हुनेछ । योग र ध्यानको नेपाल अन्तिम गन्तव्य स्थल बनाई छिमेकी मुलुक चीन, अमेरिका, बेलायत, क्यानडा, नेदरल्यान्ड, जापान, दक्षिण कोरिया, युरोपलगायत अन्य देशबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिनेछ । 

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालले आफ्नो बलियो उपस्थिति जनाउनुअघि दक्षिणपूर्वी एसियाका देश इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, भियतनामका अतिरिक्त छिमेकी मुुलुक भारतले सफलतापूर्वक आजसम्म अपनाइरहेको योगको सफल अभ्यासले सार्थकता पाउनेछ । योग, ध्यान, प्राकृतिक चिकित्सा र प्रकृतिसँगको सानिध्यता नेपालबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने विषय उजागर गरेर नेपाललाई योग, ध्यानको अन्तिम गन्तव्य स्थान बनाउन आवश्यक छ । तीनै तहका सरकारलाई त्यसतर्फ अभिप्रेरित गर्नु जरुरी छ ।

Author

दीपककुमार अधिकारी