• १८ कात्तिक २०८२, मङ्गलबार

‘धागो’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, कात्तिक १८ गते । चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । 

उदीप राणाथापाद्वारा निर्देशित चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । 

चलचित्रमा अभिनेतृ सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ । उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापालगायतका कलाकारको अभिनय रहेको छ । अभिनेतृ वर्षा राउत विशेष केमियो भूमिकामा देखिनुभएको छ । चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो । निर्माण टिममा उमा थापा, उत्तम थापा र उदीप थापा रहनुभएको छ । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गर्नुभएको हो । चलचित्र कात्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुँदै छ ।